ट्रेंडिंग:

>> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ बालकृष्ण खाणको कनेक्सन

एक करोड २५ लाख रुपैयाँ बुझाएको सानु भण्डारीको बयान
२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने भन्दै सुरु भएको ठगी धन्दामा बुधबार बिहान पूर्वमन्त्री तथा काँग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् । खाणसहितको संलग्नतामा यो धन्दा चलाइएको र खाणले पनि आर्थिक लाभ लिएर निर्णय गरेको भन्दै खाणलाई पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि नै १० जना व्यक्तिहरू पक्राउ परिसकेका थिए भने बुधबार मात्रै पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।

कसरी मुछिए पूर्वगृहमन्त्री खाण ?

शरणार्थी नै नभएका नक्कली व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यो योजनाको सुरुवात केशव दुलालले गरेका थिए । मोरङ स्थायी घर भई ललितपुरमा बस्ने केशव दुलाललाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने पद्धतिबारे जानकारी थियो । किनभने उनी २०६६ जेठदेखि २०६७ माघ २३ गतेसम्म सुजाता कोइराला परराष्ट्रमन्त्री बन्दा उनको स्वकीय सचिव भई काम गरिसकेका थिए । त्यति बेला नै केशवलाई शरणार्थीको प्रमाणीकरण कसरी हुन्छ भन्ने विषयमा जानकारी थियो ।

शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने प्रक्रियाबारे जानकार रहेका केशवले प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली सङ्कलनको काम सुरु भएसँगै नयाँ नामावलीमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना बनाए ।

केशवले आफ्नो योजना ललितपुरकै सानु भण्डारीलाई सुनाए । भुटानी शरणार्थीको नयाँ लिस्टमा नक्कली शरणार्थीलाई पनि समावेश गराई अमेरिका पठाउन सकिने र त्यसमार्फत मोटो रकम हात पर्ने योजना बनेपछि त्यसका लागि सहजीकरण गर्नुपर्ने भयो । गृह मन्त्रालयको सहयोगबिना त्यो सम्भव नभएकाले गृहमन्त्री, गृह सचिव लगायतका पदाधिकारीलाई हातमा लिनुपर्ने भयो । त्यसपछि तयार भयो राजनीतिक नेतृत्व प्रयोग गरी नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको सुरुवात ।

केशव दुलालले योजना सुनाए अनुसार सानु भण्डारीले यो कुरा एमालेका सचिव समेत रहेका टोप बहादुर रायमाझीलाई सुनाए । योजनामा टोपबहादुर रायमाझी सहमत भएपछि टोपबहादुरले उक्त योजना तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई सुनाए । कागजी प्रक्रिया पूरा गरेर केही व्यक्तिलाई अमेरिका पठाउन सकिए ठुलो रकम हात पर्ने भएपछि डा. इन्द्रजित राई पनि गिरोहकै योजनामा सहमत बने र उक्त कुरा गृहमन्त्री राम बहादुर थापा बादललाई सुनाए । योजनामा बादलसमेत सहमत बनेपछि त्यसपछि परिपत्र तयार पार्ने, र भुटानी शरणार्थी बनाएर पठाउने धन्दाको सुरुवात भयो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकै ग्रिन सिग्नल पाएपछि मुख्य नाइकेहरू केशव दुलाल र सानु भण्डारीले पूर्व क्षेत्रका लागि टंक गुरुङ र सागर राईलाई जिम्मा दिएर अमेरिका जान चाहने नक्कली शरणार्थीको खोजी गरे । पश्चिमतर्फ नक्कली शरणार्थी खोजी गर्नका लागि सानु भण्डारीले दाङका सन्देश शर्मालाई परिचालन गरे । पूर्वतर्फका व्यक्ति खोज्न उनीहरूले मोरङ, सुनसरी, इलाम, पाँचथर, झापा लगायतका जिल्लाबाट ‘ग्राहक’ खोजे भने पश्चिमतर्फका ग्राहक सन्देश शर्माले दाङ, प्युठान, रुकुम, रोल्पा लगायतका जिल्लाबाट जम्मा पारे ।

त्यसपछि यो गिरोहले एक जनाबाट ४५ लाख रुपैयाँसम्म असुल गरेर करिब ३३ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिसकेको थियो ।

तर नेकपा पार्टी विभाजन भई एमाले र माओवादी छुट्टिएपछि भएसँगै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र तत्कालीन समयमा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझी एमालेतिरै लागे । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि अदालतले दोस्रोपटक पनि संसद् पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश थियो । त्यसपछि बादल र रायमाझीको मन्त्री पद पनि खुस्कियो ।

जब तनाव सुरु भयो

जब रामबहादुर थापा ‘बादल’को मन्त्री पद खुस्कियो, तब सुरु भयो तनाव । अमेरिका जाने आसमा प्रतिव्यक्ति ४५ लाखसम्म बुझाएका पीडितहरू रामबहादुर थापाको मन्त्री पद खुस्किएपछि तनावमा रहे ।

सेटिङमा पैसा बुझाइसकेको र पैसा लिइसकेकाहरू नै सरकारबाट बाहिरिएपछि आफ्नो काम नहुने हो कि भन्ने चिन्ताले पीडितहरूले एजेण्टमार्फत् पैसा फिर्ताको माग गरे । तर एजेन्टहरूले पैसा मन्त्री, मन्त्रीका श्रीमती तथा छोराहरू, नेता तथा उनका छोराहरू, तत्कालीन सुरक्षा सल्लाहकार र उनका छोरालाई बुझाइसकेको कारण फिर्ता गर्न नसक्ने बताए ।

त्यसपछि तनावमा आएका पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका निकायमा उजुरी दिन थाले ।

अनि भयो गृह सचिव टेकनारायण पाण्डे र बालकृष्ण खाणको इन्ट्री

तत्कालीन गृह मन्त्रालयकै सल्लाहकार, मन्त्री लगायतको मिलेमतोमा करोडौँ ठगी भएको भन्दै उजुरी परेपछि सो उजुरीको बोधार्थ गृह मन्त्रालयसम्म पुग्यो । २०७८ साउन २७ गते गृह मन्त्रालयमा सरुवा भई आएका सचिव टेकनारायण पाण्डेले गिरोहका सदस्यहरूलाई सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर जानकारी लिन थाले ।

गिरोहका सदस्यहरू केशव दुलाल र सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमालेका नेता लगायतले पैसा बुझेको तर काम हुन नसकेको भन्दै काम भएमा बरु अहिलेको सचिव र मन्त्रीलाई पनि पैसा दिने आश्वासन देखाए ।

गिरोहको सदस्यबाट पैसा पाइने प्रलोभन पाएपछि गृहसचिव टेक नारायण पाण्डेले मन्त्रालयको काम आफूले मिलाइदिने आश्वासन दिए । त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्ने र मन्त्रीलाई पनि पैसा दिनुपर्ने सर्त राखे । त्यतिबेलाका गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण थिए ।

सुरुमा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी गरेर सहयोगका लागि ‘ग्रिन सिग्नल’ लिए । त्यसपछि उनले गिरोहका सदस्यहरू केशव दुलाल तथा सानु भण्डारीबाट पैसा लिन सुरु गरे ।

पीडितमध्येका एक गजेन्द्र बुढाथोकीले आफन्त तथा साथीभाइलाई पनि अमेरिका पठाउन भन्दै गिरोहका सदस्यहरूलाई रकम बुझाएका थिए । आफू अमेरिकामै बस्ने गरेका गजेन्द्रले आफन्तको पैसा फसेको र काम नभएको विषयमा गृहसचिव टेकनारायण पाण्डेसँग पनि कुराकानी गरेका थिए । तर गृह सचिव पाण्डेले यताको समस्या बिस्तारै समाधान हुने भन्दै गजेन्द्रलाई अमेरिकामै गएर बस्न आग्रह गरेका थिए ।

गृहसचिव टेक नारायण पाण्डेले गृहमन्त्रीसँग कुराकानी गरेपछि गृह मन्त्रालयबाटै भुटानी शरणार्थीको तेस्रो मुलुकमा स्थानान्तरणसम्बन्धी केही परिपत्र पनि जारी भयो । प्रहरीका अनुसार गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत गराएर गृह सचिव पाण्डेले केही परिपत्र गरेका थिए । त्यसै प्रयोजनका लागि भन्दै पाण्डेले ५० लाख रुपैयाँ लिएको पाइएको प्रहरीको दाबी छ ।

गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेमार्फत नै गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई समेत भेट गरेको सन्देश शर्माले आफ्नो बयानमा उल्लेख गरेका छन् । प्रहरीसँगको बयानको क्रममा गिरोहका सदस्य सानु भण्डारीले नयाँ गृह मन्त्रालयको नयाँ टिम अर्थात् गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेक नारायण पाण्डे लगायतको टिमलाई एक करोड २५ लाख रुपैयाँ दिएको बताएका छन् । सोही बयानको आधारमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीलाई पनि बुधबार पक्राउ गरेको थियो ।

हालसम्म १२ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ । सुरुवाती चरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरिएको थियो ।

त्यसको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई सङ्गठित ठगीमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै गर्दा वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे । त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे । सोही दिन नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे ।

छोरा पक्राउ परेपनि एमालेका सचिवसमेत रहेका टोप बहादुर रायमाझी भने फरार भए । उनको खोजी गरिरहे पनि रायमाझी अहिलेसमम फेला पर्न सकेका छैनन् ।

वैशाख २५ गते प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । बुधबार बिहान काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन समयका उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission