ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

दाङमा घरेलु हिंसाका घटनाक्रम बढे

२६ मंसिर २०७९, सोमबार
२६ मंसिर २०७९, सोमबार

दाङ, २६ मङ्सिर ।

दाङमा महिलामाथि हुने हिंसाका घटना बढिरहेका छन् । दैनिक रुपमा हिंसाका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा पाँच महिनामा २ सय ७६ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

घरेलु ंिहंसा, बालविवाह, यौन दुराचारका घटना पनि उत्तिकै मात्रामा हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी निरिक्षक मिरा खड्काले बताइन् । दाङको २०७७–०७८ देखि चालु आर्थिक वर्षमा घरेलु हिंसा पीडित ३ हजार ३ सय जना महिलाले प्रहरीमा उजुरी दर्ता गराएका छन् । सो अवधिमा घरेलु हिंसाका घटनामा सरदर दैनिक २ देखि ५ जना महिला न्यायको लागि प्रहरीकहाँ पुग्ने गरेका छन् । यसरी घटना बढ्नुले समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि संख्या थपिएको प्रहरीको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७७–०७८ मा सबै प्रकारका ८ सय ९२ वटा अपराधका घटना भएका छन् । जसमा सबैभन्दा धेरै आत्महत्या १ सय १० वटा रहेको छ । त्यसपछि जबरजस्ती करणी रहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए । उनका अनुसार, जबरजस्ती करणी ८१ वटा रहेको छ । बहुविवाह ४० वटा रहेको छ भने बोक्सी आरोप ५, बालयौन दुराचार ७, जबरजस्ती करणी उद्योगका १९ लगायतका घटना भएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ पनि ८ ससय ८ वटा अपराधका घटना भएका छन् । जसमा सबैभन्दा धेरै जबरजस्ती करणी रहेको छ । अघिल्लो वर्ष जबरजस्ती करणीका ८३ वटा घटना हुँदा जबरजस्ती करणी उद्योगका २९ वटा बहुविवाहका ४२ वटा घटना भएको प्रहरीको उजुरी परेको छ । यस्तै, बोक्सी आरोप ५, मानव बेचबिखन २, बाल यौनदुराचार ३, शरीर बन्धन १ वटालगायत अपराधका घटना भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मंसीरसम्म दाङमा २ सय ७६ वटा अपराधका घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ । जसमा सबैभन्दा धेरै जबरजस्ती करणीको रहेको छ । पाँच महिनाको अवधिमा मात्रै दाङमा ३३ वटा जबरजस्ती करणीको घटना भएको छ । बहुविवाहको १४, जबरजस्ती करणी उद्योगको ५, बालयौन दुराचारको ६ वटा घटना हुँदा आत्महत्याको २० वटा घटना भएको छ ।

बलात्कार लगायतका घटना तथा महिला हिंसाका घटना बढ्नुमा बढ्दो सामाजिक संजालको दुरुपयोग, लागू औषध र सचेतना कारक रहेको प्रहरीको भनाई छ । महिलाविरुद्ध हुने विभेद, हिंसा र बहिष्करणले मानव मर्यादा, समानता, सम्मान र सिद्धान्तहरूको उल्लंघन गरेको अधिकारकर्मीहरको भनाई छ । लैङ्गिकताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक सुरक्षा र आत्मसम्मानपूर्वक जीवन व्यतित गर्न सृजना गरिने अवरोधका घटना पछिल्लो दशकमा बढेर गएको अभिलेखले देखाएको छ ।

समाजमा अहिले पनि बोक्सीको आरोपमा गरिने हिंसा, यौन दुरव्यवहार, जबरजस्ती यौन सम्बन्ध, हाड नाताकरणी, कार्यस्थलमा यौन दुरव्यवहार, दाइजो र सम्पत्तिको कारण हिंसाहत्या, गर्भावस्थामा लिङ्ग छनौट गरी गरिने भु्रण हत्या, शारीरिक दुरव्यवहार, बालविवाह, वैवाहिक बलात्कार, एकल महिला र वृद्ध महिलालाई हेला, भेदभाव र परम्परागत प्रथाका कारणले गरिने हिंसाबाट महिलाहरू निकै पीडित बनेका छन् ।

नेपालको संविधानको धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख छ । महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन २०६६, बोक्साबोक्सीको आरोप कसुर सजाय सम्वन्धमा ऐन २०७४ जारी भई लागू भएको छ । स्थानीय तहमा रहेको न्यायिक समितिमा पनि घरेलु हिंसाका उजुरी पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?