ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
आठौं धारा नेपालगन्ज म्याराथन

सेनाका खडका र बागमतीकी सन्तोषी च्याम्पियन

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बाँके, २४ मंसिर ।

नेपालगन्ज विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् ।

शनिवार नेपालगन्जमा भएको म्याराथनमा आर्मीका खडकाले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरी विजेता बनेका हुन् । गत बर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए । खड्का गत संस्करणमा चौथो स्थानमा आएका थिए । खड्काले चौथो संस्करण बाहेक हरेक संस्करणमा भाग लिदैं आउँदा यस बर्ष विजेता बनेका हुन् । म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो । नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । उनी गत बर्ष पनि दोस्रो भएका थिए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए । आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । म्याराथनमा कमलराज तिमिल्सेना २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गर्दै चौथो स्थान हासिल गरे । रेवत दाहाल, यामदेव राई, बलहादर सनार र विकास यादव क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहे । म्याराथनमा विजेता खड्काले एक लाख ५० हजार नगद सहित पदक र प्रमाणपत्र प्राप्त गरे । नरेन्द्रले ६० हजार, तेस्रो भएका मोहनदेवले ३० हजार, चौथो भएका कमलराजले १५ हजार नगद हात पारे ।

पहिलोपटक विश्व म्याराथनको सर्वोच्च नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण भइ पर्णकालीन सदस्यता प्राप्त गरेको नेपालको एकमात्र नेपालगन्ज म्याराथनमा नेपालमै पहिलोपटक इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रविधि प्रयोग गरिएको थियो ।

त्यसैगरी इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरिएको महिला हाफ म्याराथनमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधि जित्न सफल भइन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् । सन्तोषी सातौं संस्करणकी पनि च्याम्पियन हुन् । उनले त्यतिबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् । अन्जली चौहानी एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्ज खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुन सफल भइन् । सन्तोषीले ६० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो भएकी अन्जलीले ३० हजार नगद र तेस्रो भएकी अन्जुले १५ हजार नगद, पदक र प्रमाणपत्र हात पारे । यस विधामा चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।

१० किलोमिटर खला परुषतर्फ मकेश पाल प्रथम, भवन राना द्धितीय र सनिल रम्जाली तेस्रो भए । शीर्ष तीनले ३० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

५ किलोमिटर खुल्ला महिलतार्फ पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र बिमला कार्की तेस्रो भए । शीर्ष तीनले २० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरे । एम्स प्रमाणीकरण चार रुट ४२.१९५ किमी, २१.०९७ किमी, १० किमी र ५ किमी दरीको दौडमा इलेक्ट्रोनिक टाइमिङ चिप्स लगाएर दौडिएका थिए ।

स्कुलस्तरीय ५ किलोमिटर छात्र दौडतर्फ अतुल गोडिया, सन्तोष विक दोस्रो र केशरजंग रायमाझी तेस्रो भए । स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भइन् । यी दुवै विधाका शीर्ष तीनले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

ह्वील चेयर दौडमा यज्ञबहादुर खत्री, महेश चौधरी दोस्रो र देउकुमारी थारु तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।

किड्स रनमा छात्रतर्फ एवं छात्रातर्फ जेनिशा थापा पहिलो र वैष्णभी मिश्र दोस्रो भए । उनीहरुलाई पदक, प्रमाणपत्र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै बिभिन्न पेशा एवं व्यवसाय सम्बद्ध व्यक्तित्वको सहभागिता रहेको कर्पोरेट रनमा सानिमा बैंक(दाङ)का शाखा प्रबन्धक योगेश मल्ल, डाक्टर सन्दीप गुरुङ र दुर्गा गहतराज पहिलो, दोस्रो र तेस्रो भए । विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागि हुन पाउनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । म्याराथनमा ५० बर्षमाथि भारतीय सेनाका विनोद गुरुङ च्याम्पियन बन्दै पदक र प्रमाणपत्र प्राप्त गरे । म्याराथन पुरा गर्नेलाई फिनिसर पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी खेलाडीलाई कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य, धारा तेलको उत्पादक केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, कान्तिपुर टिभीका सिइओ शिशिर पछाई, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, भायोनेटका प्रदेश प्रमुख भानु रेग्मी, सोल्टी वेष्टन्ड प्रिमियरका आवासीय महाप्रबन्धक प्रवीण सिंह, मिस सुप्रानेसनल २०२२ डा. केसु खड्का, मिस्टर सुप्रानेसनल डा. सन्तोष उपाध्याय, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्री, सुमित्रा चौधरी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल एथ्लेटिक्स संघका सचिव आरके बिष्टले विजयी खेलाडीलाई नगदसहित पदक र प्रमाणपत्र वितरण गरेका थिए । यसअघि बिहान ७.१५ बजे नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट र कोहलपुर नगरपालिका मेयर पुर्ण आचार्यले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका गेटबाट सरु भएको म्याराथन जानकी गाउँपालिकाको केही स्थान छदै कोहलपर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पगेर पनः सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न भएको थियो ।

नेपाल सरकार र सशस्त्र द्धन्द्धरतपक्षबीच एक दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिनलाई स्मरण गरेर म्याराथन आयोजना गरिदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?