ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

पेट्रोलमा प्रतिलिटर १३ रूपैयाँ नाफा, तर मूल्य घटाउँदैन निगम

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

काठमाडौं, १६ मंसिर ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको हो । यसअघि प्राप्त मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २६ करोड रुपैयाँ घाटा भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ८१ डलर र ब्रेन्टको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइसडटकमका अनुसार आगामी दिनमा कच्चा तेलको माग झनै घट्न सक्छ । र, यसको प्रत्यक्ष प्रभावका कारण मूल्य अझै घट्न सक्छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपाली बजारमा समेत परेको हो । यहीकारण यतिबेला निगमलाई १५ दिनको व्यापारबाट ५८ करोड रुपैयाँ फाइदा हुने स्थिति बनेको छ । अहिले चीन सरकारले कोरोना रोकथामका लागि भन्दै कडा लकडाउन घोषणा गरेको छ । यस्तै, यतिबेला चीनको बलियो सरकारविरुद्ध लकडाउन खुकुलो बनाउन भन्दै धेरै शहरहरूमा आन्दोलन भइरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता देश हो । चीनमा पेट्रोलियम पदार्थको माग कम भएपछि विश्वभर नै पेट्रोलियम पदार्थको माग कम भएर मूल्य घटेको हो ।

चीनमा भइरहेको लकडाउनको कारणले चीनको माग केही मात्रामा भएपनि घटेको छ । ठूलो खपतकर्तामा भइरहेको हलचलका कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेको छ । यस्तै, यतिबेला चीनसहित विश्वको तेस्रो ठूलो तेल खपतकर्ता भारतले समेत रुसबाट सस्तो मूल्यमा तेल किनिरहेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको माग घटेको छ । यहीकारण, विश्वबजारमा कच्चा तेलको मूल्य घटेको जानकारहरू बताउँछन् ।

निगमलाई ५८ करोड फाइदा

विगत लामो समयदेखि घाटा खाइरहेको नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नाफामा जान लागेको छ । भारतबाट प्रशोधित तेलको मूल्य घटेर आउँदा अहिलेकै स्थितिमा निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुन्छ । तर, निगमले भाउ समायोजन गर्दै मूल्य घटाएको अवस्थामा भने यो तथ्यांक फेरिन सक्छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेकै मूल्य कायम रहेमा आगामी १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने बताए । ‘पछिल्लो मूल्यसूची अनुसार एलपीजी (खाना पकाउने ग्यास) बाहेक सबैमा नाफा छ, सबैभन्दा धेरै नाफा पेट्रोलमा छ, यही मूल्य कायम रहेमा १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ जति फाइदा हुन्छ,’ प्रवक्ता उपाध्यायले भने ।

आईओसीको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर १३ रुपैयाँ फाइदा हुन्छ । यतिबेला नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ । जबकि, निगमलाई यसको लागत जम्मा १६८ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा पेट्रोल बेचेर ३४ करोड रुपैयाँ नाफा गर्नेछ ।

यसअघि प्रटिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार समेत नाफामा गएको छ । यसअघि प्रतिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार अब प्रतिलिटर ४३ पैसा नाफामा हुनेछ । भारतबाट ११ रुपैयाँ प्रतिलिटर घटेर आएसँगै डिजेलको व्यापार नाफामा जाने भएको हो । हाल डिजेलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेकामा यसको खरिद लागत १७७.४७ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा डिजेलबाट २ करोड ९० लाख रुपैयाँ आर्जन गर्ने बताइएको छ ।

यस्तै, मट्टितेलबाट १५ दिनमा निगमले १ करोड ५५ लाख रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ९ करोड ४६ लाख रुपैयाँ र बाह्यतर्फबाट ४७ करोड रुपैयाँ नाफा हुन्छ । यसबाहेक, एलपीजीबाट १५ दिनमा ३७ करोड रुपैयाँ घाटा हुने बताइएको छ । हाल २ हजार ७७ रुपैयाँ प्रतिसिलिन्डर रहेको एलपीजी ग्यासको बिक्री मूल्य १८ सय रुपैयाँ छ । यसअनुसार प्रतिसिलिन्डर एलपीजीमा निगमलाई २७७ रुपैयाँ घाटा छ ।

१५ अर्ब ऋणमा निगम

नाफा बढ्दै गएपछि निगमले भारततर्फ बाँकी रहेको बक्यौता रकमसहित नेपाल सरकारको ऋण समेत घटाउँदै लगेको छ । प्रवक्ता उपाध्यायका अनुसार यतिबेला निगमको थाप्लोमा १५ अर्ब रुपैयाँ ऋण बाँकी रहेको छ । यसअघि, आईओसीलाई तिनुपर्ने बक्यौता रकमसहित नेपाल सरकार र वाणिज्य बैंकको गरी कूल ३४ अर्ब रुपैयाँ हाराहारी ऋण थियो । जुन, यतिबेला घटेर १५ अर्ब रुपैयाँभन्दा तल आएको उपाध्यायको भनाइ छ ।

‘वाणिज्य बैंकको ऋण लगभग सकिइसकेको छ । आईओसीलाई बुझाउनपर्ने बक्यौता पनि घटेको छ, अब नेपाल सरकारको ऋण र आईओसीको केही बक्यौता बाँकी छ,’ उनले भने ।

पेट्रोलबाट नाफा आउन थालेपछि ऋण तिर्नतर्फ ध्यान केन्द्रीत गरेको उपाध्यायको भनाइ छ । तर, भारतबाट मूल्य घटेर आएपछि नेपाली बजारमा भाउ समायोजन गर्ने÷नगर्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय नभएको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?