ट्रेंडिंग:

>> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन

सेयर बजार ओरालो लाग्दै, कारोबार रकममा वृद्धि

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

काठमाडौँ ।

सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अंकको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अंकले घटेको हो । यससँगै बजार परिसूचक २५०३.५३ अंकमा झरेको छ ।

कारोबारको सुरुवातदेखि नै उच्च अंकले घटेको बजार पहिलो २ घण्टासम्म लगातार ओरालो लागेको थियो । यस अवधिमा बजार झण्डै ८७ अंकले घट्दै २४ सयको लाइन छोएको थियो ।

त्यसपछि बजार केही सम्हालिएको देखियो । अन्तिम २ घण्टामा सामान्य सुधार हुँदै बजार २५ सयभन्दा माथि रहेर बन्द भएको हो ।

आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत र अन्य क्षेत्रका कम्पनीमा ४.७९ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ । फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । सबैभन्दा कम गिरावट म्युचुअल फण्ड समूहमा देखिएको छ, जुन ०.९९ प्रतिशतको हो ।

यद्यपि आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छैन, तर ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । यसबीच, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि भएको छ, जुन आजको बजारमा सबैभन्दा बढी वृद्धिदर हो ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि क्रमशः एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?