ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

रुपन्देही–५ मा कांग्रेस विवाद : पोखरेलमाथि विना प्रमाण कारवाही सिफारिश पछि एक्लिंदै शाह

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बुटवल, ३२ साउन । रुपन्देहीको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिंदै जांदा दुई गुटबीच पार्टीकै कार्यक्रममा हात हालाहालको अवस्था आएको छ । उक्त क्षेत्रबाट पटक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुंदै आएका पुर्व अर्थ राज्यमन्त्री एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह गत मंसिर ४ को आम निर्वाचनमा नेकपा एमालेका नयां उम्मेदवार बासुदेव घिमिरेसंग पराजित भएसंगै क्षेत्रमा विवाद शुरु भएको थियो ।
विगतमा वाम गठबन्धन हंदा समेत देशभरमै फराकिलो अन्तरले कांग्रेसले जितेको क्षेत्रमा गएको चुनावमा १० हजार मतान्तरले पराजय ब्यहोरेपछि शाह पक्षले कांग्रेस युवा नेता विष्णु पोखरेल लगायतका कारण हार भएको आरोप लगाएपछि विवाद झांगिंदै गएको हो । प्रदेश सभा सदस्य पदमा टिकट पाएर पनि खोसिएका डा. शेखर कोइराला निकटका पोखरेल लगायतले असहयोग गरेका कारण हार भएको आरोप लगाउंदै पोखरेललाई कारवाहीको सिफारिस गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको हो ।
सैनामैना नगर सभापति रणबहादुर खनालले शाहको निर्देशनमा पोखरेललाई कारवाही सिफारिस गरेका थिए । तर सैनामैनासहित रुपन्देही ५ मा पर्ने ३२ वटा वडाका सभापति र २७ जना महाधिवेशन प्रतिनिधि मध्ये झण्डै दुई तिहाईले पोखरेललाई कारवाही सिफारिशको विपक्षमा उभिएका पोखरेल पक्षको दावी छ । शाहको क्षेत्रमा उनलाई बलियो साथ दिंदै आएका कांग्रेस प्रदेश समिति सदस्य एवं लुम्बिनी प्रदेश सभामा पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले पनि शाहको साथ छाडेपछि शाह एक्लिंदै गएका छन् । शाह पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने खान र पोखरेल शेखर कोइराला समूहका हुन् ।
केही दिन अघि पार्टीको अान्तरिक विशेष अभियानमा नेता शाहले खानलाई लक्षित गरी ‘खान जस्ता नेता कांग्रेसमा थुप्रै रहेका’ भन्दै होच्याएपछि खानले उठेर प्रतिवाद गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो ।
‘निर्वाचनमा जित हार स्वभाविक प्रकृया भएपनि शाहले निरंकुश शैलीले फरक समूहका नेतामाथि पुर्वाग्रही हिसाबले कारवाहीको सिफारिस गराउने र युवा नेतालाई होच्याउने, अपमान गर्ने भूमिका खेलेपछि उहां नै एक्लिंदै र कमजोर बन्दै जानुभएको हो’–महाधिवेशन प्रतिनिधि खिमानन्द खनालले बताए ।
खनालले भने–‘समयको माग र कार्यकर्ताको भावना अनुसार चल्नुपर्नेमा उहां हुकुमी शैलीमा चल्न खोज्दा उहां मात्र हैन क्षेत्रमा पार्टी नै कमजोर भएको छ ।’
शाहले आफुलाई निर्वाचनमा असहयोग गरेको भन्दै विगतका आफ्नै निकट सहयोगी पोखरेल लगायतका नेताहरुलाई कारवाही सिफारिस गरेपनि अल्पमतमा परेको पोखरेल निकट नेताहरु बताउंछन् । विना आधार र प्रमाण पोखरेलमाथिको जबरजस्ती कारवाहीको सिफारिस भएकै कारण क्षेत्रका ३२ वडा मध्ये दुई तिहाई भन्दा धेरै वडा सभापतिले कारवाहीको सिफारिस पुर्वाग्रही र गलत भएको बताउंदै पोखरेलको पक्षमा उभिएका खनालको दावी छ ।
नेता पोखरेलले भने, ‘पार्टीको एक पक्ष बसेर पुरानो मितिमा मलाई कारबाहीको निर्णय गरेको रहेछ, हस्ताक्षर दुरुपयोग भएको साथीहरुले संकेत पाएपछि विरोध भयो र त्यो निर्णय दुईतिहाईले उल्टिएको छ, यस्ता विषयले पार्टीलाई कमजोर बनाउने चिन्ता कार्यकर्तामा बढेको छ, पार्टीको बफादार सिफाईलाई आधारबिहीन आरोप लगाएर पार्टी बलियो बन्दैन ।’

नेता पोखरेलमाथि कारवाही सिफारिश भएपनि प्रदेश समितिले भने पोखरेललाई आन्तरिक विशेष अभियानमा पाल्पामा प्रतिनिधि खटाएको थियो । पोखरेल क्षेत्रका अधिकांश वडाका कार्यक्रमहरुमा पार्टीबाट प्रमुख अतिथि भएर निम्ताइएका हुन्छन् ।
पोखरेल निकट नेताहरुले स्वयं शाहले नै फखरुद्दिन खानलाई प्रदेश सभा सदस्य निर्वाचनमा हराउन भूमिका खेलेका प्रमाण आफूसंग रहेको भन्दै उल्टो पोखरेलमाथि अन्यापूर्वक कारवाही सिफारिश गरिएको दावी गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?