ट्रेंडिंग:

>> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

तलव खान नपाएपछि शिक्षकले नै गरे विद्यालयमा तालावन्दी

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

नवलपुर, २९ साउन ।

गत पुस ३० गते विघटन भएको देवचुुली स्थित देवचुुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति आठ महिना वितिसक्दा पनि वन्न नसक्दा शिक्षकले अहिले सम्म तलव भत्ता समेत पाएका छैनन् । जसका कारण विद्यालय अस्तव्यस्त वन्न पुुगेको छ ।

नवलपरासी पुर्वको देवचुली नगरपालिका रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयमा पटक पटक व्यवस्थापन समिति निर्माणको लागि छलफल र वैठक हरु भए पनि राजनिितक दाउपेचका कारण जिल्लामा सर्वोत्कृष्ट रहेको सो विद्यालय अहिले भने ओरालो लाग्न थालेको भन्दै स्थानीय अभिभावकले चिन्ता व्यक्त गरेका रजहरका समाजसेवी पविन्द्र जिसीले वताए ।

यो सामुुदायिक विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ तर अहिले एउटा व्यवस्थापन समिति गठनमा एमाले, काँग्रेस र माओवादीको त्रिपक्षीय विवादले समिति गठन नहुुँदा यहाँका शिक्षकले छ महिनादेखि तलव पाएका छैनन् भने विद्यालयको अािर्थक प्रशासन ठप्प रहेको पुर्व अध्यक्ष सुुर्य न्यौपानले वताए ।

विद्यालय व्यवस्थापन समिति गठन नहुँदा त्यसको प्रत्यक्ष रुपमा विद्यालयमा अध्यापनरत शिक्षकहरु मारमा परेको शिक्षकहरुले गुुनासो गरेका छन् । विद्यालयकी लेखापाल स्थायी शिक्षकमा नाम निकालेर अन्यत्र सरुवा भएपछि विद्यालयको आर्थिक गतिविधि नै अहिले ठप्प छ ।

लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट निकासा हुने तलव लगायत रकम लेखापाल नहुँदा शिक्षकहरुले समेत पाएका छैनन् । लेखापाल नियुक्तिका लागि समितिले निर्णय गरी आवेदन आव्हान गर्नुपर्ने हुन्छ । तर विद्यालयमा समिति निर्माणमा राजनीतिक स्वार्थ राखी दाउपेच गरेपछि विगत आठ महिनादेखि व्यवस्थापन समिति विहिन छ ।

तलव नपाएर पीडित बनेका शिक्षकहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालावन्दी समेत गरेका छन् । प्रधानाध्यापक नारायण प्रसाद भण्डारीले समिति निर्माणका लागि हदैसम्मको प्रयास गर्दा पनि सफल नभएको र देवचुली नगरपालिकाको शिक्षा शाखाले समिति निर्माणलाई पूर्णता नदिने हो भने आफूले राजीनामा समेत गर्ने वताए ।

यो विद्यालयमा एमाले र माओवादीको शक्ति संघर्षले समिति वन्न नसकेको कांग्रेसका नगर सभापति डिल्लीराम कडरियाको भनाई छ । “काँग्रेस वाधक छैन र हँुुदैन पनि”– कडरियाले भने । “एमालेवाट निर्वाचित नगरप्रमुुखको वडा र माओवादीवाट भर्खर अध्यक्ष पद गुुजारेका नेताको विवादले विद्यालय अस्तव्यस्त वन्यो, यो दुुखको विषय हो”–स्थानीय भोजेन्द्र रायमाझीले भने ।

एमालेका नगर अध्यक्ष कृष्ण केसीले चाँडो भन्दा चाँडो यो गतिरोध हटाउने कुुरामा एमाले लचिलो भएको वताए । माओवादीका जिल्ला संयोजक वालकृष्ण रानाभाटले देवचुुली माध्यमिक विद्यालयको समस्या राजनीतिक रुपमै हल गरिने गरी प्रकृया अघि वढेको वताए ।

एक हप्ताभित्र समस्या समाधान भएन भने अभिभावकहरुले नै समिति वनाएर देखाउने चेतावनी दिएको स्थानीय गोविन्द पौडेलले वताए । विद्यालयका अभिभावकहरुले देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र वडा नं. १६ का वडाध्यक्ष केशवराज गौतमले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएका छन् । समिति गठनकै प्रकृयालाई लिएर उच्च अदालत पोखरामा मुद्दा समेत परेको छ । मुद्दाको फैसला आगामी भदौ १२ गते आउँदैछ । नगरप्र्मुुख हरि न्यौपानेले कुुनै हस्तक्षेप नगरेको दावी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?