ट्रेंडिंग:

>> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता

माधव नेपालसंग सिआईबीले लियो तीन घण्टा बयान,भट्टराईलाई पनि बोलायो

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

काठमाडौं, ३० साउन । ललितानिवास जग्गा हिनामिनासम्बन्धि मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बयान लिएको छ । सोमबार बेलुका सिआइबीमा नेता नेपालसँग तीन घण्टा लामो बयान लिइएको हो ।
यूरोप भ्रमणमा रहेका नेता नेपाल सिआइबीले बयानमा बोलाएपछि भ्रमण छोट्याएर सोमबार बिहान नेपाल फर्किएका थिए । सिआइबीले उनलाई बेलुका बोलाएर बयान लिएको हो । स्रोतका अनुसार नेता नेपाललाई नै सहज हुने गरी बेलुकाको समयमा बयान लिइएको हो ।

बयानमा नेता नेपालले भौतिक योजना मन्त्रालयबाट आएको प्रस्तावअनुसार असल नियतले बिशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धि नीतिगत निर्णय गरेको बताएका छन् । नेपालसँग विस्तृत बयान भएको सिआइबीका एक अधिकारीले बताए । थप आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।

नेता नेपाल २०६६–६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो ।

सिआइबीले आइतबार पूर्वमुख्यसचिव लिलामणी पौडेलसँग बयान लिएको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग मंगलबार बयान हुने सम्भावना छ । भट्टराईलाई पनि सिआइबीले बयानमा बोलाइसकेको छ । उपत्यका बाहिर पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै भट्टराईले मंगलबार वा बुधबार उपस्थित हुने जानकारी गराएका छन् ।

ललितानिवासको करिब एक सय ४० रोपनी जग्गा हिनामिनामा सिआइबीले कीर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा नीतिगत निर्णयमा संलग्नलाई पनि अनुसन्धानको दायरामा ल्याउन गत साता निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्रीहरुसँग पनि बयान लिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?