ट्रेंडिंग:

>> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान

देवदहमा आँखा पाक्ने रोग सम्बन्धी सचेतना कार्यक्रम

२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

बुटवल, २० साउन ।

केरवानी स्वास्थ्य चौकीको सहकार्य, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको प्राविधिक सहयोग तथा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा देवदह नगरपालिका वडा नं. २ स्थित भविष्य निर्माण माविमा आँखा पाक्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उदघाटन गरेका थिए । त्यस अवसरमा उनले यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण सघाउ पुग्ने बताए ।

नगर प्रमुख खरेलले समयानुकुल तथा संक्रमण फैलिरहेको अवस्थामा अत्यन्त महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ तथा सहकार्यका लागि केरवानी स्वास्थ्य चौकीलाई धन्यवाद दिए । उनले यतिबेला आँखाका बिरामीहरु बढिरहेको हुँदा र देवदह नगरपालिका पनि अछुतो रहन नसकेको हुँदा स्वास्थ्य तथा शिक्षा शाखा संगको समन्वयमा योजना बनिसकेको र देवदह नगरपालिका नगरबासीको स्वास्थ्यको लागि अत्यन्तै जिम्मेवार रहेको र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न सधै लागिरहेको बताए ।

कार्यक्रममा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी देवदह–२ का प्रमुख काशीराम रेग्मीले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सचेतनामूलक कार्यक्रम गरिएको बताए ।

देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले अहिले सवैतिर आँखा पाक्ने रोकको प्रकोप देखिएको भन्दै यसबाट जोगिने उपायका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका सचिव दृष्टि विशेषज्ञ डा. प्रभात जिसी, देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष दल बहादुर राकसकोटी, वडा सदस्य णप्रसाद न्यौपाने, प्रसाद गुरुङ, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका कोषाध्यक्ष लियो लक्ष्मण सुनार, क्लवका सचिव सन्देश बेल्बासे, देवदह १ छ नं. चोकका प्रहरी प्रमुख कृष्ण बहादुर बिश्वकर्मालगायतले बालेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दृष्टि विशेषज्ञ डा. प्रभात जिसीले आँखा पाक्ने रोगको बारेमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । उनले यो रोग सर्ने माध्यम तथा रोग लाग्नुका कारण, यसबाट बच्ने उपायहरु, यसको उपचार, यसका प्रकार, खतराका चिन्हहरू, रोग लागिहालेमा अपनाउनु पर्ने व्यवहारहरु, समुदायमा गरिने गलत अभ्यास र यसका जोखिम तथा रोगको जटिलताको विषयमा प्रष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?