ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
जनयुद्धको उद्गमथलोमै छैनन् दलित जनप्रतिनिधिः

बिर्सियो समुदायको उत्थानको नारा

शान्ति प्रकृयापछिको करिब डेढ दशक लामो संसदीय अभ्यासमा रहेको माओवादी पनि यो समुदायको विषयमा उदार देखिएन । दलितहरूको प्रतिनिधित्व सहजै देखिने संघ,प्रदेश र स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वले यो तथ्य स्पष्ट पारेको छ ।
१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

रोल्पा, १९ साउन । रोल्पा दश वर्ष लामो माओवादी सशस्त्र युद्धको उद्गम स्थल । सशस्त्र द्वन्द्वकालमा मात्र हैन त्यसपछिको शान्ति प्रकृयाका धेरै वर्ष माओवादीले पछाडि पारिएका वर्ग समुदायको उत्थानको नारा निकै विकायो । शान्ति प्रकृया पछिको करिब डेढ दशक लामो संसदीय अभ्यासमा रहेको माओवादी पनि यो समुदायको विषयमा उदार देखिएन । दलितहरूको प्रतिनिधित्व सहजै देखिने संघ, प्रदेश र स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वले यो तथ्य स्पष्ट पारेको छ । आफैले अघि सारेका मुद्दाहरू माओवादीले भुल्दै जान थालेको भन्ने आलोचना रोल्पाका स्थानीय तहमा माओवादीवाट निर्वाचित दलितको प्रतिनिधित्वले स्पष्ट पार्दछ ।

सशस्त्र द्वन्द्व नै उत्पीडनका विरुद्ध भन्थे माओवादी । यही नाराले दलित, महिला, गरिव र पिछडिएको क्षेत्रका समुदायलाई आकर्षण पनि ग¥यो, मुक्तीको सपना देखेर माओवादीलाई साथ पनि दिए । २०७२ सालमा संविधान जारी भएयता २ वटा स्थानीय निर्वाचन भईसकेका छन । दुई वटै निर्वाचनमा रोल्पाका स्थानीय तहमा महिला र दलित समुदायको प्रतिनिधित्व अवस्था हरिविजोग देखिएको छ । कुल जनसंख्याको करिव १८ प्रतिशत हिस्सा ओगड्ने रोल्पाको दलित समुदाय आफैले लडेर ल्याएको भनिएको व्यवस्थामा भने सधै शासित मात्रै भईरहे । घर आगनको सरकार भनिने स्थानीय सरकारको प्रमुख, उपप्रमुख दलितका लागि आकाशको फल भएको छ ।

७२ वडा मध्ये एउटा वडामा मात्र दलित वडाध्यक्ष निर्वाचित भए । २०७४ सालको स्थानीय तह निर्वाचनमा २ वटा वडाध्यक्ष निर्वाचित भएका थिए । यस पटक रोल्पा नगरपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रको तर्फवाट तोपवहादुर नेपाली निर्वाचित भएका छन । उनले ४९५ मत ल्याएर निर्वाचित हँुदा प्रतिस्पर्धी नेपाली काँग्रेसका नन्दबहादुर महराले ४०३ मत प्राप्त गरेका थिए । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत वडाध्यक्ष निर्वाचित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका वडा नं. २ को वडाध्यक्ष निर्वाचित भुपाल दमाई २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रवकाट उम्मेदवार वनेका उनी यस पटकको निर्वाचनमा तेश्रो स्थान सहित पराजित भए । ठूला दलको प्राथमिकतामा पदैनन दलित मुख्य ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फवाट २०७९ सालको स्थानीय तह निर्वाचनमा २ जना दलितले उपाध्यक्षको उम्मेदवार हुने अवसर पाएका थिए । तर उनीहरू निर्वाचित भने हुन सकेनन ।
भागिसरा वन्दीपुरे खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट त्रिवेणी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार वनिन । दलित महिला समुदायकी उनलाई काँग्रेस एमाले गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका लेखमणी डाँगीले पराजित गरे । वन्दीपुरे खड्काले तीन हजार ८३५ मत ल्याउदा डाँगीले चार हजार ५७६ मत प्राप्त गरेका थिए ।

माडी गाउँपालिकामा काँग्रेस एमाले गठवन्धनको तर्फवाट उपाध्यक्षको साझा उम्मेदवार बनेको नेपाली काँग्रेसका कृष्ण विक तीन हजार ३० मतका साथ पराजित भए । उनलाई माओवादी एकीकृत समाजवादीको तर्फवाट साझा उम्मेदवार वनेकी माओवादी केन्द्रकी जयपुरी घर्तीमगरले ती हजार ९६६ मतका साथ हराएकी थिईन ।

वडाध्यक्षमा रुन्टीगढी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको तर्फवाट हेमराज विक उम्मेदवार वने । उनले २२० मत प्राप्त गर्दा नेपाली काँग्रेसका थमवहादुर घर्तीमगरले ६३२ मत प्राप्त गरेका थिए । सो वडामा विक तेश्रो भएका थिए । रोल्पा नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका इविराम विकले २४ मत ल्याएका थिए । सो वडामा नेकपा माओवादी केन्द्रका मिमवहादुर घर्तीमगर अत्यधिक मतले विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार विकलाई उम्मेदवारी फिर्ता लिन माओवादी कार्यकर्ताले धम्कि दिएको नेकपा एमाले लुम्विनी प्रदेश सदस्य घनश्याम आचार्यले जानकारी दिए । स्वतन्त्र पुर्वक निर्वाचन लड्ने वातारण भए मत परिणाम फरक आउने थियो रोल्पामा त्यस्तो अवस्था छैन पूर्व मानवअधिकारकर्मी समेत रहेका आचार्यले भने ।

लुंग्री गाउँपालिका वडा नंं ४ मा नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका साउने कामीले ३८ मत ल्याएका थिए । गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका सूर्यवहादुर कामीले ३५६ मत ल्याई पराजित हुदा नेकपा माओवादी केन्द्रका रीखवहादुर रोकाले ५५९ मत ल्याई विजयी भएका थिए । सोही गाउँपालिकाको वडा नं. ७ मा नेपाली काँग्रेसका झगलाल कामीले २८६ मत ल्याई पराजित हुदा नेकपा माओवादी केन्द्रका हिराबहादुर पुनले ५१८ मत ल्याई विजयी भएका थिए । गंगादेव गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका वलिराम दमाईले २७९ मत प्राप्त गरि पराजित हुदा नेपाली काँग्रेसका अमृतवहादुर वुढामगरले ५५४ मत ल्याई विजयी भएका थिए ।

त्यसो त २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा समेत मुख्य तीन राजनैतिक दलहरू उदार थिएनन् । सो निर्वाचनमा समेत उनीहरूको प्राथमिकतामा दलित नपर्दा जिल्लाका ७२ मध्ये २ वटा वडामा मात्रै दलित निर्वाचित भएका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचिन हुने २ जना दलित वडाध्यक्षमा रोल्पा नगरपालिका वडा नं. ५ वाट तोपवहादुर नेपाली र गंगादेव गाउँपालिका वडा नं. २ वाट भुपाल दमाई हुन उनीहरू दुवै नेकपा माओवादी केन्द्रको तर्फवाट निर्वाचित भएका थिए । तोपवहादुरले ३०१ मत र भुपालले ३५९ मत ल्याई विजयी भएका थिए ।

सो निर्वाचनमा रोल्पा नगरपालिका ७ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार वनेकी रति कामी जिल्लाकै एक मात्र दलित महिला उम्मेवार थिईन । उनले १७६ मत प्राप्त गरि पराजित भएकी थिईन । सो निर्वाचनमा त्रिवेणी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रको तर्फवाट वडाध्यक्षको उम्मेदवार बनेका शेरसिंह वन्दीपुरे ५८१ मत प्राप्त गरि पराजित भएका थिए । सोही गाउँपालिका वडा नं. ७ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार गणेश परियार १ मतले पराजित भएका थिए । नेकपा एमालेका भानवहादुर घर्तीमगरले ७७८ मत प्राप्त गर्दा गणेशले ७७७ मत प्राप्त गरेका थिए ।

लुंग्री गाउँपालिका ७ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेको झगलाल कामीले २०८ मत प्राप्त गरि पराजित भएका थिए । गंगादेव गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार वनेको खुसलसिंह कामीले १९८ मत प्राप्त गरि पराजित भएका थिए ।
सुनछहरी गाउँपालिका २ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका गणेश विकले ३३ मत र वडा नं. ७ मा सोही पार्टीवाट वडाध्यक्षको उम्मेदवार वनेको प्रसाद कामीले १९ मत प्राप्त गरि पराजित भएका थिए । सुनिलमस्मृती गाउँपालिका ४ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका अने कामीले ६० मत प्राप्त गरि पराजित भएका थिए ।

दशक लामो सशस्त्र द्धन्दमा रोल्पामा राज्य पक्षवाट १८ महिला र ८८ पुरुष सहित १०६ जना दलितले ज्यान गुमाएका थिए । विद्रोही पक्षवाट १ महिला र १४ पुरुष गरि १५ जना र राज्य पक्षवाट १७ महिला ७३ पुरुष गरि ९० जनाले ज्यान गुमाएका थिए । सो घटनामा ज्यान गुमाएका १ जना दलितको भने राज्य वा विद्रोही कसवाट हताहती भएको हो, पक्ष खुलेको छैन । सवै दलहरूमा उच्च जातिय अहंकारका कारण दलितहरूले अवसर पाउदैनन नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य मोहन परियारले भने । सांगठनिक नेतृत्वमा नै उनीहरूको वोलवाला हुन्छ अनि कसरी दलित परुन परियारले भने । दलितले पैसा खर्च गर्न सक्दैनन भनेर पनि उम्मेदवारीको प्राथमिकतामा पर्दैनन परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?