ट्रेंडिंग:

>> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो

आँखा पाक्ने रोग के हो ? यो रोग लागेमा के गर्ने ?

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

मौसमको परिवर्तन संगै वर्षातको समयमा प्रायः गरेर आँखा पाक्ने रोग कन्जनटिभाईटिस बिगतका केही दिनदेखि रुपन्देही लगायत देशका विभिन्न ठाउँहरुमा तीब्र रुपमा फैलिरहेको छ । कतिपय अफिस, विद्यालय, कलेज, संघ संस्थाहरुमा कार्यरत कर्मचारी, शिक्षक, सेवाग्राही र विद्यार्थीहरु लगायत समाजका अन्य मानिसहरुमा यो रोग पाइएको छ । यसरी मानिसहरुको बढी भिडभाड रहने ठाउँहरुमा रोगको सर्न सक्ने दर पनि बढी रहने र रोग फैलने सम्भावना पनि त्यति नै बढी रहन्छ । र धेरै जसो बालबालिकाहरुमा महामारीकै अवस्थामा पनि रहन सक्दछ । तर पनि यो रोग बालबालिकामा मात्र नभएर सबै उमेर समुहका मानिसहरुमा देखा पर्न सक्दछ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले यो रोग एकैपटक धेरैजनामा देखिन सक्दछ । हरेक वर्ष मौसम परिवर्तनको समयमा र धेरैजसो वर्षातको समयमा यो रोग देखिने गर्दछ । वर्षायाममा यसको किटाणु सक्रिय रहने गर्दछ । यो रोग प्रायःगरेर भाईरसको कारणले हुने गरेता पनि ब्याक्टेरिया र विभिन्न एलर्जीको कारणबाट पनि देखिन सक्छ भनिएको छ । आँखा पाक्ने रोग जुनसुकै उमेर समूहमा पनि हुन सक्दछ । एउटा वा दुबै आँखामा रोग देखिन सक्दछ । भाईरस, ब्याक्टेरीया र विभिन्न एलर्जीका कारणले आँखामा समस्या देखिन्छ ।

यसका प्रमुख लक्षण तथा चिन्हहरु :

. एक्कासी एउटा आँखावा दुबै आँखा रातो हुने ।
. आँखा धेरै रातो हुने वा आँखा टाँसिने ,साथै आँखा चिलाउने ।
. आँखाबाट बारम्बार पानी बगिरहने ।
. आँखामा कचेरा लाग्ने तथा टाँसिने साथै बिजाउने ।
. आँखा सुन्निने अथवा आँसु बगिरहने ।
. आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने । तथा धमिलो देख्ने पनि हुन सक्दछ ।
. समस्या बढ्दै गएमा कहिलेकाँही रुघा खोकी पनि लाग्न सक्दछ ।
. कान तथा घाँटीको छेउँमा सुनिन पनि सक्दछ ।

समस्या भएमा के गर्ने ? सावधानीका उपायहरु :

. समस्या देखा परिहालेमा नआत्तिने । हतोस्साहीत नहुने ।
. जथाभावी रुपमा आँखा नचलाउने । आँखा छुनु भन्दा पहिले साबुनपानीले राम्रो संग हात सफा गर्ने ।
. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
. आँखा छोईसकेपछि पनि हरेक पटक सफा साबुनपानीले हात सफा गर्ने ।
. अरुले प्रयोग गरेका तौलिया रुमालहरु प्रयोग नगर्ने । आफुले प्रयोग गरिसकेपछि राम्ररी साबुन पानीले सफा गर्ने ।
. ब्यक्तिगत सरसफाई, स्वस्थ र पौष्टिक खानामा ध्यान दिने ।
. कालो चश्माको प्रयोग गर्ने । आफु सुतेका बेडका तन्ना, तकियाहरु दैनिक सफा गर्ने ।
. जथाभावी रुपमा औषधिको प्रगोग नगर्ने । सामुहिक रुपमा एउटै बोत्तलको औषधि प्रयोग नगर्ने ।
. समस्या देखा पर्नासाथ स्वास्थ्यकर्मी वा डाक्टरलाई भेटी परामर्श लिने वा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
. डाक्टरको सल्लाहाबिना कुनै पनि औषधिको प्रयोग नगर्ने ।
. संक्रमित विधार्थी, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरु समेत संक्रमित अवधिमा बिदामा बस्ने ।
. गलत धारणा र अन्धविश्वांसको कुरा र समाचारमा ध्यान नदिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?