ट्रेंडिंग:

>> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर
नागरिकलाई सास्ती

जग्गा फुकुवा नहुँदा देउखुरीबासी भन्छन् : ‘प्रदेश राजधानी निल्नु न ओकल्नु भयो’

‘प्रदेश सरकारले ल्याण्डपुलिङ कहाँ गर्ने हो ? त्यो ठाउँ छुट्याएर त्यो ठाउँको जग्गा रोक्का गर्नुपर्ने हो । यहाँ त ल्याण्डपुलिङको नाममा सबै ठाउँको जग्गा रोक्का गरेर स्थानीयलाई दुःख दिने काम भयो ।’
१३ श्रावण २०८०, शनिबार
१३ श्रावण २०८०, शनिबार

दाङ, १३ साउन ।

राप्ती गाउँपालिका वडा नंं ३ का ४५ वर्षीय पूर्ण चौधरीको छोरा पढाईको सिलसिलामा अष्ट्रेलिया जाने तयारीमा छन् । सामान्य परिवारका चौधरीको खेतीपाती मात्रै आम्दानीको स्रोत हो । एक बिघा भन्दा धेरै जमिन उनको नाममा छ । अलिकती जग्गा बिक्री गरेर छोरालाई विदेश पढ्न पठाउने सपना देखेका पूर्णलाई राजधानी घोषणा भएसंगै गरिएको जग्गा रोक्काले चिन्ता थपेको छ । बंैकसँग लिएको ऋण तिर्न साह्रै समस्या परेको छ । एक दुइ कट्ठा जग्गा बिक्री गरेर काम चलाउने सपना अधुरो रहेको छ । राजधानी क्षेत्रको जग्गा रोक्का सरकारले फुकुवा नगर्दा उनी समस्यामा छन् । उनी भन्छन्, “हामीले कति सपना देखेका थियौ, राजधानी भएपछि हामीलाई धेरै सास्ती बेहोर्नु परेको छ । राजधानी निल्नु न ओकेल्नु भयो ।

राप्ती गाउँपालिका १ भालुबाङका ५५ वर्षका कमला पौडेलले असारमा छोराको बिहे गरिन् । उनले बैंकमा जग्गा धितो राखेर कर्जा लिई बिहे गर्ने मनसाय बनाएकी थिइन् । रोक्का भएको जग्गा फुकुवा नहुँदा न उनले धितो राख्न पाइन न ऋण पाइन् । सरकारले जग्गा रोक्का फुकुवा नगर्दा औषधि उपचार, बिहेबारी मात्रै होइन व्यापार व्यवसाय, बालबालिकाको शिक्षादीक्षामा समेत समस्या परेको स्थानीयको गुनासो छ ।

राजधानी क्षेत्रको जग्गा रोक्का गरेको लामो समय बितिसक्दा सम्म पनि सरकारले फुकुवा नगर्दा राजधानी क्षेत्रका नागरिक समस्यामा परेका छन् । राजधानीका नाममा जग्गा कारोबारीहरू सलबलाउन सक्ने, भू–माफियाको चलखेल गर्न सक्ने भन्दै तत्कालीन सरकारले राजधानी घोषणा गर्नुको ४ दिनअघि नै राजधानी क्षेत्रको जग्गा किनबेच तथा कित्ता काटमा रोक लगाएको थियो ।

लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि जग्गा रोक्का भयो । त्यही जग्गा फुकुवाको माग गर्दै नागरिक स्तरबाट आन्दोलन गरिएको थियो । ‘हामीले भोग्दै आएका बाध्यता र समस्या सुनाउन आन्दोलन गरेका थियौ’, राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले भने, ‘नागरिकलाई परेको न्यायको लागि आन्दोलन गरेका थियौ । हामीलाई आश्वासन दिइयो तर काम अगाडि बढेन । जग्गा कारोवार नहुँदा जनजीवन अस्तव्यस्त भयो ।’

उनले भने, ‘सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेका थियौ ।’ अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने तयारीमा रहेको उनले बताए । उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ । जग्गा फुकुवा नहुँदासम्म संघर्ष जारी रहन्छ । सरकारले वार्ता गरी कार्यान्वयन गर्ने भनेपछि हामीले सङ्घर्षका कार्यक्रम स्थगित गरेका थियौँ । सरकार गठन र बजेट निर्माण जस्ता कुराले गर्दा ३ महिनासम्म पर्खियौँ । साउन १५ गतेसम्म फुकुवा नभए हामी राप्ती उपत्यका बन्द गर्नेछौँ ।’

उनले भने, ‘प्रदेश सरकारले ल्याण्डपुलिङ कहाँ गर्ने हो ? त्यो ठाउँ छुट्याएर त्यो ठाउँको जग्गा रोक्का गर्नुपर्ने हो । यहाँ त ल्याण्डपुलिङको नाममा सबै ठाउँको जग्गा रोक्का गरेर स्थानीयलाई दुःख दिने काम भयो ।’

जग्गा फुकुवाका लागि आवश्यक प्रतिवेदन पेस

राजधानी क्षेत्रका १४ वटा वडाहरुको जग्गा कारोबार फुकुवा लागि आवश्यक प्रतिवेदन तयार गरी मन्त्रिपरिषदमा पेस गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोख्रेलले बताए । राजधानी क्षेत्रका १ कट्ठा भन्दा थोरै जग्गा कित्ताकाट गर्न नपाइने आवश्यक राय सहितको प्रतिवेदन पेस गरिएको उनले जानकारी दिए ।

राजधानी गुरुयोजनाको काम ढिलो गरी सकियो । अर्को जग्गाको ल्याण्ड पुलिङ्गसँग जोडिएको जग्गा एकीकरण कार्यविधि पनि बनिसकेको छ । अब प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी तोकिएको राप्ती गाउँपालिकाको सबै वडा गढवा गाउँपालिकाको वडा नं १, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ का सबै वडालाई लक्षित गरेर जग्गाको ल्याण्ड पुलिङ्गको काम अघि बढाउने तयारी गरेको छ ।

सरकारले जुन ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्छ, त्यो काम सरकारले गर्ने र अहिलेसम्म स्थानीयले जग्गा रोक्काका कारण धेरै समस्या भोगेका छन् । त्यसैले साउन २० गतेसम्म सरकारले जग्गा फुकुवा गर्ने वातावरण मिलाएको उनको भनाई छ ।

वि.सं. २०७७ साल असोज २० गते मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेको थियो । त्यो घोषणासँगै मन्त्रिपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती उपत्यका अन्तर्गत दाङको राप्ती गाउँपालिकाका पूरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?