ट्रेंडिंग:

>> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक

विषादीका कारण जलचर प्राणी नष्ट

विषादीको प्रयोगका कारण जिव र किट नाश हुन्छ । तर यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन् । जिल्ला भित्रको तथ्थांक अनुसार यस्ता प्रकृतिको विषादी दुई सय लिटर भन्दा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।
३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

पाल्पा, ३ साउन ।

कुनै समय माडी फाँटको धान खेतमा हुर्किएको स्थानीय जातको भोटी माछाले सबैको मन लोभ्याउने गथ्र्यो । दुई दशक अगाडि सम्म फाँटका खेतमा रोपाईको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सख्या ठुलो थियो । आजभोलि त्यही खेतमा माछाको वंश नै समाप्त भएपछि माछा मारेर गर्ज टार्नेहरुका लागि त्यस्ता पुराना दिनहरु सपना जस्तै लाग्ने गरेको छ ।

असार लाग्नासाथ फाँटमा धान रोपाई हुन्थ्यो”– असारदेखि कात्तिक सम्म खेतमा मारेका माछालाई आगोको रापमा सुकाएर वर्षमा १० हजार रुपैयाँ सम्म आम्दानी गरेका कसेनीका जित बहादुर घर्ती भन्छन् –“माछाको आम्दानीले चामल किन्ने हो, दशै तिहारको लागि मासुको खर्च राम्रोसँग चल्थ्यो ) । समयको विकासको गतिसंगै खेतमा माछाका प्रजाति नै नष्ट भए । यो सबै आधुनिक बिकासका कारणले हरायो ।”

माछा खेतबाट मात्र हराएको होइन । माडी फाँटको बीच भाग भएर तिनाउ नदीमा मिसिने धेरै खोलाहरुमा भोटी, सिद्रा, फकेटा, बाम, सेगी जस्ता दर्जनौ प्रजातिका माछा भेटिन्थ्यो । तर आजभोलि माछाको वंश नै समाप्त भयो । माछाको पहिलो मुख्य श्रोत भनेको खोला हो । त्यही खोलामा करेन्ट लगाउने, जथाभावी रुपमा किटनाशक विषादीको अन्धाधुन्ध प्रयोग गरेका कारण माछासंगै गंगटा समेत समाप्त भएको स्थानीय हरिबहादुर कुमाल बताउँछन् ।

खोलामा जथाभावी विषादीका कारण जलचर प्राणी नै समाप्त भयो । खोलामा विषादीका कारण माछा समाप्त भएपछि खेतमा कसरी हुन्छ ? यस्ता कृयाकलापमा टाढा टाढाबाट आएका व्यक्तिहरु संलग्न हुन्थे । स्थानीयहरुले खबरदारी गरेपछि बाहिरबाट आएर विषादीको प्रयोग गर्नेहरुको संख्या कम हँुदै गएको स्थानीय शिव प्रसाद श्रेष्ठ बताउँछन् । खेतमा माछा हराउनुको मुख्य कारण गंगटा, झार नियन्त्रणका लागि विषादीको प्रयोग बढेसँगै जलचर प्राणी नष्ट भयो । खेतमा धानको वोट कलिलो अवस्थामै गंगटाले काटिदियो भनेरै रोपाईमै विषादीको प्रयोग बढेकाले यस्तो समस्या आएको कृषिविद राजेन्द्र कोइराला बताउँछन् । “पछिल्लो समयमा किसानले जैविक वानस्पतिक विषादीको तुलनामा किटनाशक जिव नाशक विषादीको प्रयोग बढी नै गर्दा जलचर प्राणी नष्ट भएको हो”–उनले भने ।

रोपाई गरेको केही दिनपछि गंगटाले हैरानी गथ्र्यो । गंगटा नियन्त्रणका लागि खेतको गरा गरामा खिर्रोको पात राख्ने चलन थियो । “यसले पनि नियन्त्रणका लागि सघाउ पुग्थ्यो । खेतमा गंगटा छोपेर सकिंदैन थियो, तर नियन्त्रण हुन्थ्यो । रोपाई सकेको दुई चार दिनमा चिउरीको खली प्रयोग गर्दा राम्रो संग नियन्त्रण हुन्थ्यो । पुराना प्रविधि र उपायको विकल्प खोज्दा आज जलचर प्राणी नष्ट हुने अवस्थामा आएको छ”–पुराना किसान डिल बहादुर राना भन्छन् ।

विषादीको प्रयोगका कारण जिव र किट नाश हुन्छ । तर यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन् । जिल्ला भित्रको तथ्थांक अनुसार यस्ता प्रकृतिको विषादी दुई सय लिटर भन्दा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।

सूर्य, न्युरल, प्रिती जस्ता झार गंगटा नियन्त्रणका लागि खपत हुने गर्दछ । ५ रोपनी क्षेत्रफलमा १ सय एमएल प्रयोग गर्ने हो । यस्ता विषादी खेतको आली किनारामा राख्न्ो गरिन्छ । विषादीको प्रयोग बढ्दो अवस्थामा रहेको बिक्रेताहरुको भनाई छ ।

खेतमा रोपाई गर्दा पहिले हल गोरुको प्रयोग हुन्थ्यो तर आजभोलि गोरुपालन नै छैन । गोरुको विकल्पमा रोटा भेटरको प्रयोग बढ्यो रोटा भेटरले च्याप्ने गर्दा पनि यस्ता समस्या उत्पन्न भएको हो ।

हरायो तालिम

मुलुक संघीय संरचनामा प्रवेश भएसंगै जिल्ला कृषि विकास कार्यलयद्वारा संचालित एकीकृत शत्रु जीव व्यवस्थापन तालिम – (किसान पाठशाला) हराउन पुग्यो । वालीमा रोग तथा किरा लागेको समयमा विषादीको प्रयोग विना नियन्त्रण गर्न सकिने तालिम हराएसंगै विषादीको प्रयोग बढेको हो ।

तालिममा रोग तथा किराको पहिचान गर्ने, विषादीको प्रयोगबिना नियन्त्रण गर्ने प्रविधि थियो । पछिल्लो समयमा कृषिलाई स्थानीय निकाय मातहतमा राखिएपछि कृषिका पुराना र दक्ष प्राविधिकहरु स्थानीय तहमा नहुनु, स्थानीय सरकारले कृषिको महत्व बुझ्न नसक्दा किसान पाठशाला हराउन पुगेको पुराना कृषि प्राविधिक सुर्य गौतम बताउँछन् । तालिम त पहिले हरेक कृषि सेवा केन्द्र मार्फत हुन्थ्यो । तालिम लिएका किसानहरुले विषादीको प्रयोग गर्दैनन् । किसान पाठशाला किराले किरा नियन्त्रण गर्ने प्रविधि थियो । किरा भन्नासाथ सबै नोक्सान गर्ने खालका हँुदैनन् । नोक्सान नगर्ने किरालाई मित्रु जीव भनिन्थ्यो । तर आजभोलि त्यस्ता तालिम लिएका किसानहरु कमै छन् । जसले गर्दा विषादीको प्रयोग बढ्दै गएको तालिमका प्रशिक्षक तथा मदन पोखराका पुराना किसान इन्द्र पौडेल बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?