ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

देवदहमा एक अर्ब ७ करोडको बजेट पास, जग्गा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

बुटवल,२० असार । देवदह नगरपालिकाको १२ औं नगर सभाको दोश्रो बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट पास गरेको छ ।
नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङले आन्तरिक राजश्वतर्फ १८ करोड ४१ लख ६० हजार, लुम्विनी प्रदेश सभाबाट ४ करोड ६४ लाख १९ हजार र संघीय सरकारबाट ८४ करोड १८ लाख गरी १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट प्रस्तुत गरेकी थिईन ।
उपप्रमुख गुरुङले शिक्षातर्फ २४ करोड ३० लाख, स्वास्थ्यतर्फ ४ करोड ४८ लाख, लक्षित वर्गतर्फ ३१ करोड ५८ लाख, आर्थिक विकासतर्फ (पशु, कृषि, पर्यटन) लगायत गरी २ करोड ४ लाख, अव्यवस्थित भूमि व्यवस्थापनका लागि ३ करोड २४ लाख विनियोजन गरेकी छिन् ।
यसैगरी पुर्वाधार विकासतर्फ ११ करोड ३२ लाख, वन वातावरण र विपद्तर्फ १ करोड ७७ लाख, संस्थागत विकासतर्फ १६ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७९÷०८० मा आन्तरिक राजश्व १४ करोड लक्ष्य लिएपनि विविध कारणले ५ करोड ५६ लाख मात्र संकलन भएको जानकारी दिईन ।
यसैगरी प्रत्येक वडालाई १ करोड बरावरको आर्थिक बर्ष २०८०÷८१ को लागि योजना छनोट गर्न अधिकार प्रदान गरिएको थियो ।
नगर सभामा नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण प्रस्तुत गरेका थिए । उनंले यस आर्थिक बर्षमा कृषकहरुलाई १७ हजार ४० बोरा मल १५ वटा डिलरमार्फत वितरण गरिएको जानकारी दिए ।
एक वडा एक तरकारी नर्सरी प्रभावकारी भएको, मकै पटेक कार्यक्रम मार्फत मकै उत्पादन, मल तयार गर्न क्पोष्ट विन वितरण, अपाङलाई ह्वील चियर प्रदान गरिएको बताए ।
नगर प्रमुख खरेलले कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको बताए ।
सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, वालमैत्री नगर बनाउने गरी समुदाय, विद्यालय, वडा र नगर स्तरीय वाल सञ्चाल गठन, नगर अस्पताल संचालन गरी नागरिकलाई सेवा प्रदान, नगर अस्पतालबाट स्वास्थ्य विमाको प्रथम विन्दुको शुभारम्भ गरि सेवा प्रदान गरिरहेको बताए ।
नगर प्रमुख खरेलले स्वास्थ्य शिविर संचालन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खयरडाडामा उत्खनन् गरिएको बताए ।
नगर सभामा देवदह नगरपालिकाले गरेका नीतिगत निर्णयहरु पास गरेको छ ।
यसैबीच देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।

न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ। नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।

त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?