ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, ११५ युनिट रगत संकलन

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल, ६ जेठ ।

अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन पुर्व उपप्रधान एवं अर्थमन्त्री तथा रुपन्देही–२ का संघीय सांसद विष्णुप्रसाद पौडेलले गरेका थिए ।

त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरे । पुर्वअर्थमन्त्री पौडेलले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य रहेको भन्दै यसतर्फ समाजको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । “भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आपरिहार्य देखिएको छ, यसतर्फ चिदिका–रुपन्देही सम्पर्क समाजले पनि भूमिका खेलोस् भन्ने मेरो आग्रह छ”–पौडेलले भने ।

रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको अध्यक्ष केशवराज पन्थीले जानकारी दिए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरी, प्रदेशसभा सदस्य विष्णु पन्थी, एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीलगायत पनि सहभागी थिए ।

कार्यक्रमका अवसरमा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली, कार्यवाहक सचिव हेमनाथ ज्ञवाली लगायतले रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?