ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

७ बैशाख २०८०, बिहीबार
७ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाँघेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ। विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ। विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। अर्थात् यो अवधिमा नेपालले भारतबाट सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ। अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो।

संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ। यो अवधिमा नेपालले युएईबाट २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ।

त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ।

नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ। ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ। चैत मसान्तसम्ममा ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ। त्यस्तो अप्रशोधित तेल ३० अर्ब र अप्रशोधित पाम तेल  २२ अर्ब बराबरको आयात भएको देखिन्छ।

चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ। यो अवधिमा नौ अर्ब दुई करोड बराबरको पामतेल र आठ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ। बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ। यो अवधिसम्ममा नेपालले रू छ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?