ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
१३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९

बुटवल तेस्रो पटक च्याम्पियन

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

बुटवल, ३० फागुन ।

बुटवलमा सम्पन्न १३ औ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि बुटवल उपमहानगरपालिकाले चुमेको छ । मंगलबार भएको अन्तिम दिनको खेलमा बुटवलले १६ स्वर्ण, १४ रजत र १० कास्य जित्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

बुटवल लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । बुटवलले मार्शल आर्टको १० स्वर्णसंगै अग्रता लिएको थियो भने तिलोत्तमा एथ्लेटिक्समा अगाडि थियो । यता तिलोत्तमा १६ स्वर्ण, ८ रजत र १४ कास्य सहित उपविजेतामा चित्त बुझायो । सैनामैना भने ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भयो । सिद्धार्थनगर ४ स्वर्ण, २ वटा रजत ४ काश्य जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगिता ५ ईभेन्टमा संचालन भएको थियो । प्रतियोगितामा प्रत्येक पालिकाबाट ८० जना खेलाडी, प्रशिक्षक गरी १ हजार जना सहभागी थिए ।

एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्र केश गुप्ता, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला समन्वय समितिका उमाकान्त चपाई, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखाका मित्रमणि खनाल, समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), उपाध्यक्ष जय बहादुर बिक, सदस्य रिता चौधरीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । खेल अनुशासनसंग जोडिएको भन्दै विद्यालयस्तरमा हुने खेल विकासको महत्व रहेको उनीहरुले बताए ।

छात्र÷छात्रा कबड्डीमा बुटवललाई स्वर्ण

१३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत मंगलबार भएको छात्रछात्रा कबडी खेलमा बुटवलले स्वर्ण जितेको छ । फाईनल खेलमा बुटवलले गैडहवालाई ५५ का बिरुद्ध १ सय १३ को अग्रता ल्याउँदै ५८ अंकले जित निकालेको हो । यसैगरी छात्रातर्फ पनि बुटवलले सियारीलाई २८ का बिरुद्ध ५० को अग्रताले २२ अंकसहित जित निकाल्दै स्वर्ण हात जितेका हो ।

१३ औ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को छात्र भलिबलको उपाधि तिलोत्तमाले चुमेको छ । फाईनल खेलमा तिलोत्तमाले बुटवललाई २–० सेटले पराजित गर्दै स्वर्ण चुमेको हो । यता छात्रा भलिबलमा भने बुटवलले स्वर्ण जितेको छ । फाईनल खेलमा तिलोत्तमालाई २–० को सोझो सेटमा पराजित गर्दै बुटवलले स्वर्ण हात पारेको हो ।

यसैगरी एथ्लेटिक्सतर्फ मंगलबार भएको छात्र हाईजम्पमा बुटवलका खिमराज पौडेलले १.६४ मिटर जम्प गर्दै स्वर्ण जिते । शुद्धोधनका जीवन थारु १.६२ मिटर जम्प गर्दै रजत पदकमा चित्त बुझाए । तिलोत्तमाका राहुल चौधरी १.५६ मिटर जम्प गर्दै कास्य जिते । छात्रातर्फ सैनामैनाका सपना क्षेत्रीले १.२० मिटर जम्प गर्दै स्वर्ण जितिन् । सिद्धार्थनगरकी निशा अहिरले १.१८ मिटर जम्प गर्दै रजत र शुद्धोधनका चाद थारु तेस्रो भए ।

यसैगरी आठ मिटर छात्रमा तिलोत्तमाका शनि चौधरी स्वर्ण जिते । उनले २ मिनेट १४.७० सेकेण्डमा दुरी पार गरे । गैडहवाका रामापति चौहानले २ मिनेट १७.९४ सेकेण्डमा दूरी पार गर्दै रजत तथा बुटवलका रब िजिएमले २ मिनेट १९.०७ सेकेण्डमा दुरी पार गर्दै कास्यमा चित्त बुझाए । छात्रातर्फ तिलोत्तमाकी रजनी थारु २ मिनेट ४६.८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । कन्चनकी मनिषा नाउले २ मिनेट ५८.८६ सेकेण्डमा दूरी पार गर्दै रजत तथा गैडहवाका मालती लोनियाले ३ मिनेट २.४१ सेकेण्डमा दुरी पार गर्दै कास्यमा चित्त बुझाए ।

ज्याभलिन थ्रोतर्फ छात्रमा सैनामैनाका हेमराज सेन्चुरीले ४१.७३ मिटर थ्रो गर्दै स्वर्ण जिते । तिलोत्तमाका बसन्त गुरुङले ४१.४१ मिटर थ्रो गर्दै रजत तथा बुटवलका बिशाल पराजुली ४०.७१ मिटर थ्रो गर्दै कास्य पदक जिते । छात्रातर्फ गैडहवाका लक्ष्मी भर १९.५६ मिटर थ्रो गर्दै स्वर्ण जिते । कन्चनकी गरिमा थापाले १८.९९ मिटर थ्रो गर्दै रजत तथा सैनामैनाका सुनिता चौधरीले १६.३७ मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।

यता ४ बाई एक सय मिटर छात्रतर्फ बुटवलको दर्शन बिक, विकास कार्की, सुशान्त थापा र सुन्दर वाग्लेको टिमले स्वर्ण जित्यो । शुद्धोधनका अरुण लोध, जीवन थारु, निरज खड्का र सुरज खत्रीको टिमले रजत पदक तथा कन्चनका अभिषेक सुवेदी, क्षितिज पुन, सिजन सोनी र सोहन थापाको टिम कास्य पदकमा चित्त बुझायो । छात्रातर्फ तिलोत्तमाका रजनी थारु, रिचा थापा, सलिना थारु र रोजी थापाको टिमले स्वर्ण जिते । बुटवलका लक्ष्मी भुषाल, लक्ष्मी थापा, लक्ष्मी बलामी र अनिसा कुवरको टिम रजत तथा सिद्धार्थनगरका प्रगति ज्ञवाली, निशा यादव, आकृति पाण्डे र प्रेरणा थापा मगरको टिम कास्यमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?