ट्रेंडिंग:

>> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

लिलारामले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्ड

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

भैरहवा, ८ फागुन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले उचालेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताको विभिन्न खेलमा नौ स्वर्ण, नौ रजत र सात काश्य गरी कुल २५ पदक प्राप्ती सँगै लिलारामले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी उचालेको रुपन्देही जिल्ला खेलकुद विकास समितीका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

उनका अनुसार साई ग्लोबल माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत, दुई काश्य गरी कुल एघार पदकको प्राप्त गरी द्वित्तीय र तीन स्वर्ण, तीन रजत र पाँच काश्य गरी कुल एघार पदक सहित जेसिज माध्यमिक विद्यालय तृतीय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वित्तिय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

यस्तै मलेसियामा संचालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेकवान्दो च्याम्पियनसिपको पुरुषतर्फ ८० र ८७ केजी तौल समूहमाथिको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्वय अभिषेक बरालर आशुतोष बराललाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भूमि रहेको भन्दै आफुहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले सेवा सुविधाको अभावमा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रदर्शन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्याउँदै आएपनि राज्यले चाहे जति गर्न नसके पनि आफुहरुले सकेसम्म सहयोग गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा संचालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नु पर्ने जनाइन् । उनले खेलाडीमाथि राजनीति गर्न नहुने भन्दै आफुहरुले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफुले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ’ उनले भनिन् ।

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् । उनका अनुसार एथलेटिक्स अन्तर्गत छात्र र छात्रातर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीनहजार मिटर दौड साथै चार गुणे एक सय, चार गुणे चार सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्र र छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै मार्शल आर्ट अन्तर्गत तेक्वान्दो खेलको छात्रातर्फ ४२ के.जी.तौल समूह मुनि, ४४ के.जी. मुनि, ४६ के.जी. मुनि र छात्र तर्फ ४५ के.जी, ४८ के.जी, ५१ के.जी. तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रदर्शनको रुपमा कराँते खेल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?