ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
एकदिवसीय शृंखला

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

काठमाडौं, २८ कात्तिक ।

घरेलू मैदानमा नेपाल यूएइसँग ८४ रनले पराजित भएको छ । एकदिवसीय शृंखलाको पहिले खेलमा नेपाललाई ८४ रनको फराकिलो अन्तरले हराएसँगै युएईले तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।

युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । युएईका बलरसामु निरिह बनेका नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । लगातार विकेट पतन भएको नेपालको इनिङ्स ओपनर अर्जुन साउद र दिपेन्द्र सिंह ऐरिले उकासेका थिए ।

अर्जुन र दिपेन्द्रले पाँचौँ विकेटका लागि ६८ रनको साझेदारी गरे। दिपेन्द्रले ५४ रन बनाउँदै क्याच आउट भए। दिपेन्द्रले ८४ बलमा ६ चौका हाने । एक दिवसीय क्रिकेटमा डेब्यु गरेक अर्जुनले अर्धशतक प्रहार गरे। ७९ बलको सामना गरेका अर्जुनले ५ चौका हान्दै ५१ रन बनाएर पवेलियन फर्के ।

आशिफ शेख १२ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल भुर्तेल ६, कप्तान रोहित पौडेल १ तथा ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए।

गुल्सन झा १९ र ललित राजवंशी ६ रनमा नटआउट रहे । युएईका आयान अफ्जल खान एक्लैले ४ विकेट झारे। एक दिवसीयमा डेब्यु गरेका उनले नेपालविरुद्ध शानदार प्रदर्शन गरे। बसिर अमिदको नाममा २ विकेट रह्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।

मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बलको सामना गरेका उनले ७ चौका हाने । पहिलो विकेटका लागि मुहम्मद वसिम र वृत्त अरविन्दले ७५ रनको साझेदारी गरे । वसिमलाई गुल्सन झाले बोल्ड आउट गरे। ओपनर मुहम्मद वसिमले ४४ वृत्त अरविन्दले ४० रन बनाए ।

तेस्रो विकेटका लागि वृत्त अरविन्द र कप्तान सीपी रिजवानले ५२ रनको साझेदारी गरे। कप्तान २ रनमा आउट भए। अलिान सराफु २९, अयान अफजल खान २६ र बसिर हमीद १४ रनमा रनआउट भए ।

नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट झारे। करण केसीले १० ओभरमा ५९ रन खर्चे। सोमपालले १० ओभरमा ६३ रन खर्चे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?