भैरहवा, २६ बैशाख ।
रूपन्देही नागरिक समाज सिद्धार्थनगर नगर समितीको दोश्रो अधिबेशनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै नागरिक समाज रूपन्देहीका अध्यक्ष अमित गुप्ताले कुनै पीडित बर्ग उत्पीडितमा परेका छन् न्याय दिलाउन प्रशासनलाई जानकारी दिने, घचघच्याउने काम नागरिक समाजको भएको बताए ।
कुन कुन ठाउंमा के के काम गर्न सकिन्छ नागरिक समाजले हेर्नुपर्ने उनले बताए । नगरपालिकाका कुनै कुनै कमिजोरी भएको बताउंदै जतिपनी कार्यक्रम छन् कसैको बन्धकमा कार्यक्रम बन्धक बनाएर राखेको अध्यक्ष गुप्ताले बताए । कागजमा मात्रै प्रायः कार्यक्रम भएका छन् त्यस्ता कार्य बुझेर त्यस्ता कार्यक्रम गर्न नहुने उनको भनाइ थियो । जो गरिब पीडित हुन्छ उनीहरुलाई सहयोग गर्नु सबैको धर्म भएको बताउंदै कसैको पैसा दिएर सहयोग गर्न नसकेपनी स्थानीय तहमा घचघच्याउनु पर्ने अध्यक्ष गुप्ताले बताए ।
वडा नं १३ का वडा अध्यक्ष सोमबहादुर गुरुङले नागरिक समाज दुखमा साथ दिने संस्था भएको बताए । अध्यक्ष गुरुङले नागरिकका समस्या बुझेर समाधान कसरी गर्ने भनेर नागरिक समाज लाग्न सुझाव दिए ।
यहि बैशाख २० गते नागरिक समाजको राजा प्रताप शाहीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती गठन भएको थियो जसको आज शुक्रबार पदभार ग्रहण कार्यक्रम भएको हो ।
बिशिस्ट अतिथी क्याप्टेन रेशम केसीले नागरिक समाज जाती र पार्टी भन्दा माथि उठेर काम गर्ने संस्था भएको बताए । मानिसहरू पार्टी र जातिको पछि लागेर केहि नहुने हुंदा मानव जातिमा नङ र मासुको सम्बन्ध हुनुपर्ने उनले बताए ।
नेपाल लोकतान्त्रिक आदिबासी महासंघ सिद्धार्थनगरका अध्यक्ष राजु गुरुङ, कार्यक्रम संयोजक भीष्म रानाको कार्यक्रम संयोजन, उपाध्यक्ष रन्जु शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।