भैरहवा, २ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे पार्किङ गरेको गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साईडको सिसा फुटेको छ । रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा बाउन्ड्ररी भित्र पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो ।
घटना बारे प्रहरीलाई जानकारी दिएको अध्यक्ष यादवले बताए । सिसिटिभी क्यामेरा समेत रहेकाले गाडी तोडफोड गर्ने मान्छेको पहिचान हुन सक्ने अध्यक्षले बिश्वास व्यक्त गरेका छन् ।
गत बर्ष पनि अध्यक्षको गाडी धकधइ- परासी रोडमा केहि ब्यक्तिहरुले गाडी रोकेर तोडफोडको प्रयास गरेपनि समयमै प्रहरी पुगेका कारण उनिहरु त्यहाँबाट भागेको यादवले बताए ।