© 2026
बुटवल । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा (एमाले)को झण्डा जलाएका छन् । शुक्रबार आयोजना हुने चुनावीसभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले बिहीबार साँझ एमालेको चुनाव चिह्न (सूर्य) जलाएका हुन् ।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका हुन् । झण्डा जलाइरहँदा उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएको भिडियोमा देखिन्छ ।
रास्वपा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् ।
पोखरेलको भनाइ छ, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’
यद्यपि, रास्वपाले घुसपैठ भएको दाबी गरेको छ ।