Butwal Today

स्विडेनद्वारा युक्रेनलाई सैन्य सहायता घोषणा

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

स्विडेन ।

स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको मूल्य लगभग एक अर्ब ४० करोड अमेरिकी डलर रहेको जनाइएको छ । यसमा हवाई रक्षा, गोला बारुदक साथै कोषको ठुलो हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्विडेनले मोड्युलर क्षमताले बन्दुक र मिसाइल प्रणाली, इन्टरसेप्टर, सेन्सर, इलेक्ट्रोनिक युद्ध कम्पोनेन्ट र कमान्ड–एन्ड–कन्ट्रोल प्रणालीले हवाई खतराबाट जोगाउन मद्दत गर्ने जनाएको छ ।

प्याकेजमा गोला बारुद, प्रशिक्षण र सम्बन्धित सहयोगका लागि लगभग ३३ करोड डलर छुट्टाएकोमा ठुलो मात्रामा सेल र एयर डिफेन्स राउन्डहरू खरिद गरिएको छ ।

नवीन पहलमा, आर्थिक योगदान र नागरिक रक्षा, लामो दूरीको ड्रोनमा युक्रेनसँग विस्तारित सहयोग र मानव रहित जहाजहरू समावेश गर्ने परियोजनाहरूको लागि वित्त पोषण गरिएको  छ ।

स्विडेनले आफ्नो सशस्त्र सेनाबाट केही उपकरणहरू दान गर्ने जनाएको छ जसमा सहायक उपकरण र गोला बारुदसहित रिकिललेस राइफलहरू समावेश छन् भने प्रतिस्थापन खरिद र यातायातका लागि रकम उपलब्ध गराइनेछ ।

स्विडेनले युक्रेनलाई सैन्य समर्थन प्याकेज प्रदान गरेको स्विडेनका रक्षा मन्त्री पाल जोन्सनले सामाजिक सञ्जाल एक्स मार्फत बताए । उनले युक्रेनको सबैभन्दा जरुरी आवश्यकताहरू पूरा गर्न भर्खरै निर्मित हवाई रक्षा प्रणाली, लामो दूरीको क्षमता र गोला बारुदमा ध्यान केन्द्रित गरिएको बताए ।

पछिल्लो प्याकेजसहित रूस–युक्रेन द्वन्द्व सुरु भए देखि युक्रेनलाई स्विडेनको सैन्य सहयोग लगभग ११ अर्ब ३० करोड डलर पुगेको जनाइएको छ ।

मस्कोले बारम्बार युक्रेनलाई पश्चिमी हतियार आपूर्तिले द्वन्द्व समाधान गर्ने प्रयासमा बाधा पु¥याको बताएको छ भने रुसी विदेश मन्त्री सेर्गेई लावरोभले युक्रेनका लागि हतियार भएको कुनै पनि कार्गो रुसी सेनाको निसाना बन्ने चेतावनी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?