© 2026
गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा शुक्रवार शोक बिदा दिइएको छ ।
वडा नम्बर दुईका वडा सदस्य तथा लेखा समिति संयोजक सेरबहादुर राकसकोटीको फागुन ७ गते निधन भएकाले शुक्रवार शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार शुक्रवार गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन् ।