ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विचार

सन्दर्भः कृष्णको चर्तुयाई र मुचकुन्दको दृष्टि

७ भाद्र २०८०, बिहीबार
७ भाद्र २०८०, बिहीबार

कृष्ण चरित्रमा धेरै कथाहरू आश्चर्यलाग्दा छन् । त्यसमध्येको कम चर्चा हुने एउटा रोचक कथा पाठकका माझमा पस्कने जमर्को गरिएको छ । कृष्ण चरित्रमा कृष्णका बाल्यकालका कार्यहरू सुुन्दा वा पढ्दा मनमा एक होइन अनेकन जिज्ञासा उत्पन्न हुन्छन् । ती कथा कति सत्य होलान् कति मिथ्या होलान् ? कति कल्पनाको भरमा लेखिए होलान ? यी कथाहरू अध्ययन गर्दा मनमा आउने जिज्ञासा हुन् । यस्ता जिज्ञास सम्भवतः यो कृष्ण चरित्र अध्ययन गर्ने सबैका मनमा उत्पन्न हुन्छ भन्ने लाग्दछ । जव कृष्ण र बलराम पहिलोपटक मथुरा पुगे त्यहाँ उनीहरूको हत्या गर्नका लागि कंशले चारैतिर घेरावन्दी गरेको थियो । ती सबै घेराहरू तोड्दै कृष्ण कंशको नजिकमा पुगेर उसैसंग युद्धमा जुटे । कंशले सकेसम्म कृष्णको हत्या आफ्नै हातबाट गर्ने, अनुकुल नपरे विभिन्न उपायबाट भएपनि उनको हत्या गर्ने प्रपञ्च गरेको थियो । कुनै प्रपञ्च काम नलागेपछि कंश आफै भिडन पुगेको थियो । यस बीचमा केही रोचक कथाहरू छन् । ती कथाका वारेमा कुनै दिन चर्चा हुने छ । दुबैको घमासान युद्ध भयो । अन्तमा कृष्णले आफ्नै हातले कंशको हत्या गरे । कंश आफू राजा हुनका लागि आफ्नै बाबुलाई समेत नेल हतकडी लगाएर जेलमा बन्दी बनाएको थियो । देवकी र वसुदेको विवाह गरेर उनीहरूलाई पठाउन जाने सयममा आकाशवाणी भयो । आकाश वाणीमा “कंश तँ जसलाई पठाउन जाँदैछस उसैको आठौं गर्भबाट जन्मेको बच्चाबाट तेरो मृत्यु हुने छ ।” यतिकुरा भनेपछि उसले देवकीलाई रथमै हत्या गर्न चाहेको थियो । तर वसुदेवले देवकीको हत्याको बदलामा जेलमा बन्दी बनाउने र जेलमा जन्मिएका सबै सन्तान उसको हातमा राखिदिने बाचा गरे । कंशले उनीहरूलाई बाटोबाटै फिर्ता ल्याएर जेलमा यातना सहित राखेको थियो ।

कंश अत्यन्त क्रुर स्वभावको थियो । उसले देवकीबाट जन्मेका ६ भाई छोराहरूलाई आफै समाएर हत्या गरेको थियो । आठौं सन्तानको रूपमा गर्भमा रहेको कृष्णको जन्म पश्चात उनलाई यमुनामा पठाइयो । कृष्णको जन्म भएको आशंकामा यमुनामा निकै पटक विभिन्न षडयन्त्र अपनाएर कृष्णको बध गर्ने उपाय रचेको थियो तर कुनै उपायले संभव भएन । अन्तमा उसले मथुरामा रहेको शिव धनुषको पूजा गर्ने र सोही सयममा उत्सव गर्ने र उक्त उत्सवमा कृष्णलाई पनि निम्तो दिने निधो गरे अनुसार कंशका बाबु उग्रसेन राजा हुँदाका सेनापति अकुरलाई यमुनामा पठायो । बलराम र कृष्ण दुवै दाजुभाई मथुरा पुगेर भोली पूजा गरिने शिवधनुष आजै सन्ध्या कालमा उठाएर फाले । दोस्रो दिन उनीहरू जव रंगशालामा प्रवेश गरे त्यहीबाट उनीहरूको हत्याको षडयन्त्र गरिएको थियो । यसको पनि निकै रोचक कथा छ । कुनै समयमा यही विषय वस्तु बन्न सक्दछ । ती सबै जालझेल पन्छाउँदै उनीहरू कंशको नजिकमा पुगेर कंशको बध गर्न सफल भए ।

कंशले जरासन्धका दुईवटी छोरी विवाह गरेर लगेको थियो । कंशको हत्या भएको खवरले जरासन्धले मथुरामा आक्रमण गर्ने अनि कृष्ण र बलराम दुबै दाजुभाईको हत्या गर्ने योजना बनायो । उसले विभिन्न मुलुकका राजाहरूसंग सन्धी गरेर सत्र पटकसम्म मथुरा आक्रमण गर्न पुग्यो तर सफल हुन सकेन । एकदिन सल्यले कालयमनसंग सन्धी गर्ने र उसको माध्यमबाट कृष्णको हत्या गर्ने सल्लाह जरासन्धलाई दिए । सल्यलाई नै भेट गर्न मथुरा आश्रम र कृष्णको लिला समाप्त पार्न उक्साउने विचारले सल्य काल यमन कहाँ पुगे । कालयमनले शिवबाट कुनै कसैको शस्त्र वा अस्त्रले मार्न नसक्ने बरदान पाएको थियो । कालयमन जव मथुरा पुगेर चारैतिर घेर्न पुग्यो । कृष्णले कालयमनलाई मार्नका लागि एउटा असल युक्ति सुझाए ।

एकपटक देवता र असुरहरूको वीचमा ठूलो लडाई भयो जसलाई देवासुर संग्राम भनिन्छ । उक्त युद्धमा स्वर्गका राजा इन्द्रले मुचकुन्द राजाको सहायता मागेका थिए । वर्षौसम्म देवता र असुरहरूका बीचमा घोर घमासान युद्ध भयो । उक्त युद्धमा राजा मुचकुन्दले निकै सहयोग गरे । वास्तवमा दानवहरूलाई हराउनमा मुख्य भूमिका उनको रहन गयो । युद्ध समाप्तिपछि उनी आफ्नो राज्यमा फिर्ता हुन चाहन्थे तर त्यतिवेलासम्म उनको राज्य र उनका सन्तान कोही नभएको खवर पाए । लामो सयमसम्म युद्धमा खट्नु परकाले उनी अति थकित अवस्थामा पुगेका थिए । उनले इन्द्रसंग आफू कुनै एकान्त स्थानमा पुगेर यो थकाइ मेटाउनका लागि लामो समय सुत्ने पाउने वर मागे । इन्द्रले उनलाई एकान्त स्थल मथुरा नजिकको पहाडको गुफामा गएर विश्राम गर्ने र त्यहाँ पुगेर उनलाई कसैले जगाउने प्रयास गरेमा उनको दृष्टिबाट उसको शरीर जलेर नष्ट हुने वदान दिएर पठाए । मुचकुन्द त्यही एकान्त गुफामा गएर घोर निद्रामा सुतेका थिए । यो घटना कृष्णलाई राम्रोसंग थाह थियो । उनले कालयमनले जरासन्धको उक्साहटमा जव मथुरा घेराउ गरेको खवर पाए कृष्ण एक्लै मथुराको प्रवेश द्वारबाट बाहिर निस्किएर कालयमनलाई तँ र म कसैले नदेख्ने स्थानमा पुगेर युद्ध गरौं भन्ने प्रस्ताव राखे । कालयमनलाई आफूले हतियार उठाएपनि नउठाए पनि युद्धमा कृष्णको वध गर्न सक्छु भन्ने दृढ विश्वास थियो । कालयमन आफ्ना सेनाहरूलाई म युद्धबाट नआएसम्म तिमीहरू यहाँबाट बाहिर कतै नजानु भन्ने आदेश दियो । कृष्ण विना हतियार अगाडि लागे ।

कालयमन पनि विना हतियार कृष्णको पछाडि हिँड्यो । कृष्णले कालमनलाई विभिन्न वहाना बनाएर उक्त गुफामा लगे । त्यतिवेलासम्म कालयमन रिसले चुर भएको थियो । गुफामा पुगेर कृष्णले आफूसंग साथै लगेको कपडा (पित वस्त्र) चीर निद्रामा रहेका मुचकुन्दलाई ओढाएर आफू अर्को किनारमा पुगेर कालयमनको गतिविधि नियाल्न लागे । कालयमन नजिक पुगेर गर्जिदै भन्यो– “भगौडा ! अव मेरो फेला परिस अव जिन्दा बच्ने छैनस् ।” कालयमनले कृष्ण ठानेको मुचकुन्दलाई उठाउन लातका लात हान्यो । कालयमनको लातले मुचकुन्दको निद्रा खुल्यो । मुचकुन्द घोर निन्द्रामा रहेको हुनाले निकै प्रयास गरेर आँखा खोले नजिकमा अनचिनारु मानिस देखेर देवेन्द्रले दिएको वरदान अनुसार उनले आफ्नो दृष्टीबाट ज्वाला निकाले त्यसको तापले कालयमन क्षणभरमा खरानीमा परियण भयो ।
कृष्ण आफ्नो अभिष्ठ पूरा गरेर मथुरा फिर्ता गए । उनले विश्वकर्माको सहायताले त्यसअघि द्वारकामा सुविधा सम्पन्न शहर निर्माण गर्न लगाएका थिए । सबै मथुराका वासिन्दालाई त्यही द्वारकामा सुरक्षित साथ पठाए । अन्तमा आफू र दाजु बलराम समेत द्वारकामा पुगेर सुरक्षित साथ रहन लागे । कुनै अस्त्र वा शस्त्रले समेत अन्त्य हुनु नपर्ने कालयमन जस्ताको अन्त्य कृष्णको युक्तिले सम्भव भयो ।

नेपालमा पनि केही काल पहिलेदेखि केही कालयमनहरू जन्मिएका छन् । जतिपटक पनि आफै साँसद, मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने, राज्यको ढुकुटीमा जे जस्तो तिगडम गरेर भएपनि आफ्नै प्रभुत्व जमाउनु पर्ने, नेपालमा हुने तस्करीमा अप्रत्यक्ष संलग्नता जनाउनु पर्ने, आफू र आफ्ना नालानाता कुटुम्व कुनै नछुट्नेगरी हरेक आय आर्जनका मार्गमा अवसर जुराउनु पर्ने । विभिन्न काण्डका माध्यमबाट सर्बसाधारण नागरिकलाई सधै पाईतलाको धुलो ठानेर आफूले चरम स्वार्थ पूरा गर्नुपर्ने । यस्तो प्रवृति भएका कालयमनहरू अहिले केही खोरमा र केही बाहिर रमाईरहेका छन् । बस अव नेपालमा कृष्णको जस्तो चतु¥याई र मुचकुन्दको जस्तो दृष्टि आवश्यक छ । जसका कारणले नेपालका कालयमनहरूलाई दोस्रोपटक बदनाम हुनु नपरोस् । अहिलेको सयमले चाहेको ठोस कुरा यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?