ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

गर्जेनी गर्जिन छाडेन, सकसमा रोल्पा–प्यूठानी

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

प्यूठान, २४ साउन ।  प्यूठानको गर्जेनी अहिले गर्जिरहेको छ । प्यूठानीहरूले नाम लिन नचाहाँदा नचाहाँदै पनि अहिले गर्जेनीको चर्चा चुलिएको छ । अरू कुनै खास कारणले होइन्, यहाँको पहिरो र सडक सकसले । गर्जेनी त्यही ठाउँ हो जहाँ आजभन्दा १९ वर्ष अघि २०६१ साल माघ ८ गते दाङको देउखुरीबाट बेहुली लिएर आएको जन्ती बस दुर्घटना भएको थियो । दुर्घटनामा परी दुलाह सहित ४१ जनाले ज्यान गुमाएका थिए । प्यूठान टारीका एकै गाउँका नागरिकहरूले ज्यान गुमाउँदा सिंगो गाउँको चोट अझै पनि सेलाएको छैन् ।

भालुवाङ–प्यूठान सडक खुलेको वर्षौं हुँदा पनि अझैसम्म फराकिलो छैन् । सयौँ ठाउँमा साँघुरा र डरलाग्दा घुम्टी छन् । राम्रोसँग साइड दिन नमिल्ने खालको सडक छ । तर, जति अप्ठ्यारो र साँघुरो सडक भएपनि यो सडक प्यूठान र रोल्पाली नागरिकहरूको दैनिक जिविकासँग जोडिएको छ । दैनिक यात्रा नगरी नागरिकहरूको जनजिविका सहज बन्दैन् ।

गर्जेनीको सडक अप्ठ्यारो र धेरै साँघुरो भएको भन्दै सडक डिभिजन प्यूठानले अघिल्लो आर्थिक वर्षमा घुम्टी कटाएको थियो । बढीमा ९ मिटरसम्म फराकिलो बनाउने गरी सडक स्तरोन्नतिको काम भएपनि यही ठाउँमा अहिले दिनहुँ पहिरो गइरहेपछि दुई जिल्लाका लाखौँ नागरिकहरूले सास्ती खेपीरहेका छन् ।एक साता बढी समयदेखि सडक अवरुद्ध हुँदा दैनिकजसो जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । बुटवल, नेपालगञ्ज, कोहलपुर, काठमाडौँ लगायत ठाउँमा औषधी उपचार र काम विशेषले यात्रामा निस्केका यात्रुहरू बीचमै अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय चकचके प्यूठानले सडक खुलाउने दिनहुँ प्रयास गरेपनि त्यो दीगो हुन सकेको छैन् । दुई÷चार घण्टा एकतर्फी सडक खुलाएपनि क्षणभरमै पहिरो खस्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ निस्कनका लागि यो बाहेक अन्य छोटो सडक नहुँदा नागरिकहरूले विकल्प समेत पाएका छैनन । दाङको बंगलाचुली गाउँपालिकास्थित मुर्कुटी हुँदै घोराही झरेर एउटा सडक र अर्घाखाँचीको सन्धिखर्क हुँदै अर्को सडक भएर मात्र प्यूठान र रोल्पाका नागरिकहरू गन्तव्यमा पुग्न सक्छन् ।

तर, अर्घाखाँची र दाङ हुँदै बुटवल, काठमाडौँ जाँदा धेरै लामो दूरी पर्ने र बिरामीहरूलाई अस्पताल पुर्याउन निकै सकस हुने गरेको प्यूठानका एम्बुलेन्स चालक शुसिल केसीले प्रतिक्रिया दिए । ‘कतिपटक अर्घाखाँची हुँदै बिरामी लगेर बुटवल गयौँ’, केसीले भने, ‘प्यूठानको बाटो भन्दा यो बाटो दोब्बर टाढा छ । बिरामीलाई पनि आर्थिक भार धेरै पर्छ । सडक अवरुद्ध हुँदा धेरै समस्या भयो ।’ उनका अनुसार प्यूठानबाट दैनिक १२÷१५ वटा एम्बुलेन्सहरू बिरामी बोकेर ओहोरदोहोर गर्छन् ।

माण्डवी गाउँपालिका–१ मा पर्ने गर्जेनीको पहिरोको दिगो समाधान नहुँदासम्म दुई जिल्लाका नागरिकहरूले सास्ती भोग्ने देखिएको छ । आकाशबाट दिनहुँ पानी परिरहेको छ । तल गर्जेनी गर्जिन छाडेको छैन् । त्यसैको मारमा परेका छन्, रोल्पा र प्यूठानका आम नागरिक ।
चार÷पाँच दिन लगाएर पहिरो हटाएपनि माथीबाट क्षणभरमै पूनः पहिरो खसेर समस्या पारेको सडक डिभिजन प्यूठानका सव इन्जिनियर प्रकाश अधिकारीले प्रतिक्रिया दिए । ‘पहिरो कतिखेर झर्छ भन्ने नै ठेगान छैन्’, उनले भने,‘एकतर्फी खुलाइरहेका छौँ । तर, जतिबेला पनि अवरुद्ध हुनसक्छ । सकभर रातीमा यात्रा गर्न रोक लगाइएको छ ।’

यस स्थानमा पूर्ण रूपमा सडक संचालन गर्न धेरै चुनौती थपिँदै गएको उनले जानकारी गराए । यस स्थानमा सडकबाट करिब ६५ मिटर लामो दुरीमा पहिरो गएको अधिकारीको भनाइ छ । ‘गर्जेनीको घुम्टी फराकिलो बनाउँदा जिल्लाबासी धेरैले स्याबासी दिनुभएको थियो’,अधिकारीले भने,‘तर, बर्खाको पहिरोले सताउँदा हामीलाई पनि धेरै नरमाइलो लागिरहेको छ ।’ यहाँ करिव ९ मिटर फराकिलो र दुई सय मिटर लम्वाइको सडक स्तरोन्नती गर्ने कार्यालयको योजना रहेको उनको भनाइ छ । ‘अहिलेको बर्खाभरी पर्ख र हेरको अवस्था हुने भयो’,अधिकारीले भने,‘बर्खायाम शुरु भएकाले राम्रोसँग काम गर्न गाह्रो हुन्छ ।’

प्यूठान र रोल्पाली नागरिकहरूको भविष्यसँग जोडिएको भालुवाङ–प्यूठान सडक स्तरोन्नति गर्नका लागि दुवै जिल्लाका राजनीतिक नेतृत्वले चासो दिन सर्वसाधरण नागरिकहरूले आग्रह गरेका छन् । छिमेकी जिल्लाका सडक सञ्जालहरू देख्दा आह ! लाग्ने खालका भएपनि प्यूठानको पुरानो सडक वर्षौ वितिसक्दा समेत फराकिलो नहुँदा जिल्लाबासी निरास बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?