ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा
विचार

सन्दर्भः बीपी कोइरालाको स्मृति दिवस

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

परापूर्व कालदेखि विश्वमै प्राणीहरुको जन्म मृत्यु भैरहेको छ । विश्वभरमा केही मानिसको जन्म र मृत्युले धेरै महत्व बोकेको हुन्छ । हाम्रो मुलुकमा पनि केही मानिसहरुको जन्म र मृत्युलाई कैयौंले सम्झिरहेका हुन्छन । त्यस्तै मध्येका एक ब्यक्ति हुन बिशेश्वरप्रसाद कोइराला जो मुलुक र जनताका लागि जीवनभर ज्यानको बाजी दिएर लडे । उनै बीपीको स्मृतिमा देशैभरी स्मृती दिवस भनेर सम्झीरहेका छौँ । बिपीको जन्म १९७१ साल भदौ २४ गते आमा दिव्यादेबी र बाबु कृष्णप्रसाद कोइरालाको कोखबाट भएको थियो । २०३९ साल साउन ६ गते उनको देहावसान भएको थियो । घाँटीको क्यान्सर रोगबाट पीडित बीपी सानो आवाज निस्कँदासम्म प्रजातन्त्र प्राप्तिका लागी बोलिरहेका थिए । जीवनभर जनताको सार्वभौमसत्ताका लागि लडेका बीपी शालिन, सुझबुझ र गम्भीर चिन्तन अनि अदम्य साहसी नेता थिए ।

नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४१ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी आजको दिनमा मनाइदै छ । नेपाली कांग्रेस पार्टी र उसका भातृ भगेनी शुभेच्छुक संस्थाहरुले सप्ताहव्यापी रुपमा यो दिवस मनाइरहेका छन । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने बीपी तत्कालिन नेपालका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक ब्यक्तित्वका रुपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।

बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन । राजनीतिमा शालिन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन, बाबु आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरु नेपाली साहित्यमा अझैपनि चर्चाकै शिखरमा छन । बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए । बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्म पनि उत्तिकै महत्व बोकेर रह्यो ।

बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन । बर्तमान अवस्थामा कांग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अबस्थामा बीपीको नीति सान्दर्भिक भएपनि अहिले कांग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आइरहेको छ । वि.सं.२००४ मा बिराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सन १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरु गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलिय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शम्शेर जबराको नेतृत्वमा नया सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने ।

नेपालका २२ औँ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सँस्थापक नेता विशेश्वरप्रसाद कोइरालाको जन्म १५ डिसेम्बर १९६० का दिन भारतको बनारसमा भएको थियो । बिपीका परिवारलाई सर्वश्वहरण सहित लखेटिएको थियो । भारतमा कष्टकर जीवनयापन गरेका बखत बीपीको जन्म भारतमा हुन पुगेको हो । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । बीपी नेपाली तथा हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व वि.स.२०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । उनका पिता कृष्ण प्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ति थिए । त्यसैले सानैदेखि बीपीमा राजनीतिक छाप पर्दै गएको थियो । बीपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण बीपी र उनका भाई मातृकाप्रसाद कोइरालालाई सन १९८० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । त्यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो ।

बीपीले सन १९८९ मा आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दु विश्वविध्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक थिए । सन १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई वेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले वि.स.२००४ सालमा नेपाली राष्टिय कांग्रेसको स्थापना गरे । जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

वि.स.२०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र नेतृत्वमा रहयो । बि.स. २०१७ साल पुष १ गते राजा महेन्द्रले आफ्नो बिशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान र सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्ष कैदमा राखियो । वि.स.२०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो । वि.स. २०३३ सालमा उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राख्यो । अन्तर्राष्ट्रिय दवावका कारण १९३५ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरु सरकारले फिर्ता लियो । वि.स. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो । उनको मृत्यु वि.स.२०३९ सालमा काठमाण्डौमा भयो ।

साउन ६ गते बीपीको स्मृती दिवस भनेर सम्झिने र बृक्षारोपण गर्नेदेखि बीपीको गुणगान गाएर चर्का भाषण निकै जाने गर्छन । तर बीपीले गरेका राम्रा कामको अनुशरण गर्ने र उनको सिद्धान्त अंगाल्ने गरेको कतै पाइंदैन । चर्काे भाषण गर्नेहरु नै भ्रष्ट ठहरिएका छन । जसका कारण नेपाली कांग्रेस भारतको कांग्रेस आइको अवस्थामा पुग्ने संकेत दिइरहेको छ । पार्टी हाँक्ने नाइकेहरुले नै मुहान (केन्द्र) धमिलो पारिरहेका छन । निष्ठाको राजनीति गर्नेहरु विस्थापित भएका छन । चोर, डाँका, दलाल, फटाहा र भ्रष्टको हातमा नेतृत्व पुगेको छ । बर्षमा एकदिन बीपीको स्मरण गरेर चर्का भाषणले केही हुनेवाला छैन । १६४ दिन बीपीलाई बिर्सिने, उनको नीतिलाई नअँगाल्ने तर उनैलाई भजाएर पाटी हाँक्न खोज्नेहरुका दिन सकिएका छन । अब बीपी र कृष्णप्रसाद तथा गणेशमानले जन्माएको पार्टी बचाउने हो भने तेस्रो पुस्ता अगाडी बढनुपर्छ । पहिले मृत्यु भैसकेका र केही बाँचेका नेताले राम्रा उत्तराधिकारी तयार गर्न सकेनन् । दोस्रो पुस्ताबाट खासै राम्रो लक्षण देखिएन । तसर्थ अब तेस्रो पुस्तालाई बिश्वास गरेर पार्टी हस्तान्तरण गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?