ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

डिभिजनको कार्यप्रगति ७२.३९ प्रतिशत

३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

बुटवल, ३१ असार ।  जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्षमा ७२ दशमलव ३९ प्रतिशत कार्यप्रगति हासिल गरेको छ । कार्यालयले चालुतर्फ ९४ दशमलव ४८ प्रतिशत र पुंजीगततर्फ ७१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

आर्थिक बर्ष ०७९/८० मा रूपन्देहीमा जलउत्पन्न प्रकोप नियन्त्रण र सिंचाई क्षेत्रको बिकासका योजना संचालनका लागि कुल बिनियोजित बजेट २५ करोड ६८ लाख ४१ हजारमध्ये १८ करोड ५९ लाख ५१ हजार रूपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख बिष्णु प्रसाद पौडेलका अनुसार चालु आवमा जिल्लाभर कुल ७४ वटा योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानतर्फ ९ करोड ४० लाख र समानिकरण अनुदान तर्फ १५ करोड ४४ लाख बजेट बिनियोजित गरिएको थियो ।

आर्थिक बर्ष ०७९/८० मा सम्पन्न योजनाहरूको बिवरणसहित बार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख पौडेलले बिभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै सन्तोषजनक प्रगती हासिल भएको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले कृषि र सिंचाईं समस्याहरूको समाधानका लागि स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोडदिएका छन् । सैनामैना नगरपालीका प्रमुख फणिन्द्र शर्माले स्थानिय तहको माग अनुसार आवश्यक अध्ययन गरेर मात्र योजना तर्जुमा गर्न आग्रह गरेका छन् ।

बिगतमा नेपालकै नमुना सिंचाईंका रूपमा परिचित १६/३६ सिंचाईं प्रणालीका उपाध्यक्ष धु्रव धितालले सिंचाई र कृषिको बिकासका लागि स्थानिय जनताको माग र आवश्यक्ताका आधारमा कार्यक्रम बनाउनु पर्ने बताए । सियारी गाउपालीका उपाध्यक्ष तारा चौधरीले योजनाहरू जुन उत्साहका साथ शुरु हुन्छन तर समयमा सम्पन्न हुन नसकि जनतामा निराशा छाउने प्रबृतिको अन्त्य हुनुपर्ने धारणा ब्यक्त गरेकी छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालीकाका प्रबक्ता शिव राना, देवदह नगरपालीकाका प्रमुख ध्रुव खरेल, कन्चन गाउ पालिकाका अध्यक्ष नवराज ढकाल, तिलोत्तमा नगरपालीकाका वडाध्यक्षहरू, लगाएतले बाढी, पहिरो नदि कटानलगाएत प्रकृतिजन्य बिपदबाट बर्षेनी धनजनको क्षति हुने गरेको चर्चा गर्दै नदि नियन्त्रण, पहिरो नियन्त्रण र भुक्षयबाट कृषिक्षेत्रमा हुने बिनास रोक्न दिर्घकालिन योजना बनाउन आवश्यक रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?