ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नागरिकका गुनासा सुन्दै गुल्मीदरबार

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

गुल्मी, २७ असार–   गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत वडा तहसम्म पुगेर नागरिकका गुनासा संकलन गरेको छ । पालिकाले वडा नं २ अन्तरगत जुभुङ्मा पुगेर आर्थिक वर्ष २०७९/८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत कार्यालयवाट प्रदान भएका सेवा प्रवाह र विकास निर्माणका विषयमा वडा तहमै पुगेर प्रत्यक्ष रूपमा अन्तक्र्रिया मार्फत जानकारी लिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जवाफदेही वक्ताको रूपमा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले पालिकाले आर्थिक वर्ष २०७९/८० मा गरेका मुख्य मुख्य कामहरूको बारेमा प्रगति समीक्षा विवरण प्रस्तुत गर्दै कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहको सम्बन्धमा सेवा ग्राहीहरूले उठाएका वियवस्तु र गुनासाहरूको बारेमा स्पष्ट पारेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा एवं उपाध्यक्ष तारा थापा ढेंगा लगायतका व्यक्तिहरूले पालिकाले तय गरेको ‘सबल, सक्षम उत्पादनहील स्थानीय सरकार, संमृद्ध समुन्नत हाम्रो गुल्मीदरबार’ भन्ने नारालाई आत्मसाथ गर्दै नागरिकलाई कसरी छिटो र छरितो ढंगबाट सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा गाउँपालिका सधै लागि परेको बताए ।

कार्यक्रममा एक दर्जन भन्दा बढी सेवाग्राहीहरूद्वारा उठाइएका तीन दर्जन भन्दा दर्जन बढी प्रश्नहरूको जवाफदेही बक्ताहरूले उचीत रूपमा जिज्ञासाको सम्बोधन गरिएको वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद गौतमले बताए । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास, पर्यटन, खानेपानी, सडक लयागतका विषयमा सेवाग्राहीहरूले जिज्ञासा राखेका थिए । यसरी वडा तहसम्म पुगेर पालिकाले नागरिकको गुनासा सुनिदिएको भन्दै सेवाग्राहीहरूले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?