ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

‘स्मार्ट कृषि गाउँ कार्यक्रमको निरन्तरता जरुरी’

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल, असार ।  लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम ५ बर्ष मा स्थानीय तह लाई हस्तान्तरण गरिएपनि यसको सदुपयोग हुुनुपर्ने बताएका छन् । सरकारले सबै पालिकामा निर्माण गरेको स्मार्ट कृषि गाउँमा प्रयोग भएका उपकरण, सूचना प्रविधिको बाटोलाई किसानले निरन्तर प्रयोग गरी सोही अनुसार कार्यान्वयन गर्दै लैजानुपर्ने बताएका हुन । प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा बुटवलमा भएको ‘स्मार्ट कृषि गाउँ कार्यक्रममा सरोकारवालासंगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री अहिरले स्मार्ट कृाि गाउँको विषयमा विभिन्न समयमा विभिन्न कुराहरु उठेको भन्दै उनले स्मार्ट कृषि गाउँमा सरकराले गरेको लगानी को दुरुपयोग हुन नहुने बताए । उनले कार्यक्रम हस्तान्तरण पश्चात पनि स्थानीय समुह, सहकारी मार्फत, स्थानीय तहको सहयोगमा सञ्चालन गर्नुपर्ने भन्दै उनले यसको दिगो पनाका लागि सरकारले सहयोग समेत गर्ने बताएका थिए ।
कार्यक्रममा कृषि व्यवसायी प्रर्वद्धन तथा सहयोग तालिम केन्द्र खजुरा बाँकेका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले स्मार्ट कृषि गाउँको कार्यान्वयन पश्चितको दीर्घकालिन योजानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सोही कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बागवानी विकास अधिकृत सुनौना बरालीले कृषि गाउँको विषयमा कार्यपत्र प्रकास पारेकी थिईन ।
कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले कृषि क्षेत्रमा सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिदै सरकारकै योजना अनुसार स्मार्ट कृषि गाउँलाई कार्यविधि अनुसार समुदायमा हस्तान्तरण गरी स्थानीय पालिकाले यसलाई निरनत्रता दिनुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे, कृषि तथा भुमि व्यवस्था मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत (खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा घनश्याम चौधरी, कृषि अधिकृत दयाराज बस्याल, कृषि ज्ञान केन्द्र रुपन्देहीका कृषि प्रसार अधिकृत अनील वानिया, कृषि ज्ञान केन्द्र नलपरासीका निमित्त प्रमुख सन्तोष चौधरी सहित प्रदेशका ९ वटा कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?