ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

केरा किसान भन्छन्– ‘सरकारले हामीलाई हेरेन’

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल असार ।  लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा बालि विशेष(केरा बाली) सञ्जाल गठन तथा किसान संग अन्तरक्रिया कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट केरा खेतीमा लागेका किसान तथा सञ्जालका सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांस किसानले नेपाल व्यवसायी केरा खेतीमा आत्मनिर्भर बन्न सक्ने भएपनि सरकारले किसानलाई सहयोग नगरेको दुखेसो गरे । केरा खेती गर्ने किसान पलायन हुुने अवस्थामा पुगेको उनिहरुको दाबी छ ।
नवलपरासी केरा उत्पादक किसान संघका अध्यक्ष नाथुप्रसाद यादवले केरा खेती गर्ने किसानलाई प्राप्त मात्रमा मल उपलब्ध गराउन नसकेको बताए । उनले धान खेती गर्ने किसानलाई त प्राप्त मात्रमा मल दिन नसकेको सरकारले केरा खेती गर्ने किसानका लागि मल उपलब्ध गराउन माग गरेपनि कुनै पनि मागको सुनुवाई नभएको बताए । उनले संघीय सरकारले मल को कोटा निर्धारण गर्दा प्रदेशमा सबैभन्दा बढि व्यवसायीक केरा खेती हुदै आएको जिल्ला नवलपरासीमा अन्य जिल्लाको तुलनामा आधा कम मात्रै मलको कोटानिर्धारण गरिदा किसान यसको प्रत्यक्ष मारमा परेको बताएका थिए ।
कार्यक्रममा बाल्दै लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले किसानको आवश्यकता अनुसार मल उपलब्ध गराउन नसक्नु विडम्बना भएको भन्दै संघीय सरकार संग यो विषयमा पटक पटक आग्रह गरिएको बताए । उनले मल वितरण, व्यवस्थापनको सबै काम संघीय सकरार मार्फत हुने गरेको बताउँदै यसको लागि आफुले किसानको हितमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालयकाप्रमुख राम प्रसाद पाण्डे, बाल संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत आशा भण्डारी, कृषि अधिकृत दयाराम बस्याल, कृषि अर्थ विज्ञ डिल्लीराज पौडेल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डेले केरा किसानहरुको प्रदेशस्तरिय सञ्जाल गठन गरि सोही अनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि योजनाबद्ध रुपमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रमुख पाण्डेले केरा किसानको समस्या समाधानका लागि सबै जनाले एकजुट भएर लाग्नेहो भने समस्या समाधान गर्न सकिने भन्दै सरकारी निकायबाट गरिने कार्यक्रमले किसानको पक्षमा काम गरिने समेत प्रतिवद्धता जानाए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख नारायण प्रसाद काफ्लेले केरा खेती सम्बन्धी संघीय कार्यक्रममा देखिएका चुनौति संभावनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कृषि विकास निर्देशनालय बुटवलका बागवानी विकास अधिकृत सुनौना बरालीले केरा कृषक सञ्जाल गठन सहितका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा किसान रोहित कुमार पासी, लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका पुर्व अध्यक्ष केशव कुँवर, व्यवसायी नेत्रप्रसाद अधिकारी सहितले आ आफ्नो धाराण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?