ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

तीनकुनेको मनकामना डेरीमा भेटिएका अखाद्य वस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

बुटवल, ६ असार ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन सामग्रीहरु फेला पारी नष्ट गरिएको छ ।

बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा अखाद्य वस्तु फेला पारी नष्ट गरिएको हो ।

बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, डेरी व्यवयासी संघ, नगर प्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका विभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि वितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरीहरुको अनुगमन गरेको थियो ।

सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी सामग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।

उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसवरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको जानकारी दिए । उनले थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताए ।

‘यसअघि पनि पटक पटक अनुगमनमा कारवाही भोगिसक्नु भएको छ, यो पटक पनि उहाँकोमा अखाद्य वस्तु भेटिएकोले जफत गरी नष्ट गरेका छाँै’ – उनले भने, ‘पटकट पटक समस्या दोहोरिएकोले उहाँलाई थप कारवाहीको लागि उपमहानगर बोलाएका छौँ ।’

यता उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले मनकामना डेरीको विषयमा पटक पटक जनगुनासो आउने गरेअनुरुप नै अनुगमन गर्दा अखाद्य वस्तु सधै फेला पर्ने गरेको बताए ।

उनले ४ पटक सम्म यहाँ सुधार गर्न आग्रह गर्दै सामान्य कारवाही भएपनि सुधारउन्मुख नहुनु दुखद भएको बताए । अस्वस्थ सामग्रीहरु, ढुसी लागेका, गन्ध आएका कुराहरुको बेचबिखन नगर्न व्यवसायीलाई आग्रह गर्दै समयमा नै नसच्चिएमा कारवाहीको भागिदार रहन तयार हुन चेतावनी दिए । उनले उपभोक्ताको स्वास्थ्य संग कुनैपनि हालतमा खेल्न नपाईने बताए ।

यता सञ्चालक राधिका रिजालले भने अखाद्य भनिएका वस्तुहरु हिजो मात्रै बनाईएको भन्दै अनियमित विद्युतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन् । उनले अघिल्लो पटकको अनुगमनपछि धेरै नै व्यवस्थित गरेको बताईन् ।

अनुगमनका क्रममा कालिकाचोकमा खुल्ला रुपमा बिक्रि भईरहेको दुध, तथा विभिन्न १० स्थानका दुध डेरी तथा बिक्रेताहरुसंगबाट दुधको नमुना लिएर खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाईएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख पोखरेलले बताएका छन् । उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दिएको रिपोर्ट अनुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?