ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

नदीजन्य पदार्थ उत्खननमा रोक

२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

भालुवाङ, २९ जेठ ।

दाङ–देउखुरीको राप्तीमा करिब एक महिनादेखि भईरहेको नदीजन्य पदार्थ उत्खनन् आइतबारदेखि रोकिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य नेतृत्वको अनुगमन टोलीले एक महिना देखि मापदण्ड विपरित ठुला–ठुला मेसिन प्रयोग गरी भईरहेको नदीजन्य पदार्थ उत्खनन् बन्द गराएको हो ।

एक महिना सम्म रमिते बनेका जनप्रतिनिधि र प्रजिअले आइतबार बल्ल नदी तथा खोलाको अनुगमनमा निस्किएका थिए । देउखुरीको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती सहित अन्य खोलामा दिनरात ठुला–ठुला मेसिन प्रयोग गरी मापदण्ड विपरित उत्खनन् हुँदा समेत स्थानीय सरकार र प्रशासन मुकदर्शक बनेका थिए ।

राप्ती नदी चुरे क्षेत्रमा पर्दछ, चुरे क्षेत्रमा ठुला मेसिनको कुरा त परै जओस्, समान्य डोजर, ट्रिप्पर समेत प्रयोग गर्न नमिल्ने कानुनी प्राबधान छ । तर नीति, विधि र मापदण्डलाई समेत कुल्चिएर आफू खुसी मनलाग्दी ठुला–ठुला मेसिन प्रयोग भएको स्थानीय वातावरणप्रेमी तथा सामाजिक अभियान्ता जगतप्रसाद पोख्रेलले बताए । उनले राज्यको जिम्मेवार निकाय र जनप्रतिनिधिको मिलोमतोबिना उत्खनन् नहुनै नसक्ने जिकिर गरे ।

केही दिन पहिले राप्ती नदीको १ नम्बर इन्टेक पाखापानी नजिक सिचाईका लागि भन्दै प्रगन्ना तथा बड्कापथ सिचाई व्यवस्थापन कार्यालय लमहीको सिफारिसमा राप्ती गाउँपालिकाले समेत आफूखुसी ठुला–ठुला मेसिन प्रयोग गर्न अनुमति दियो । त्यसपछि स्थानीय सामाजिक अभियान्ताहरूले जथाभावी तथा मापदण्ड बिपरित उत्खनन् भएको भन्दै बिरोध जनाएपछि पालिकामा सर्वदलीय, सर्वपक्षीय बैठक बसी नदी अनुगमन गरी सिचाईका लागि अब कुलो खन्नुनपर्ने सहमतिमा उत्खनन् बन्द गर्ने सहमति भएपनि उक्त सहमतिको समेत उल्लंघन गरी ठेकेदार पक्षले जथाभावी, मनलाग्दी र मापदण्ड बिपरित उत्खनन् गर्दा समेत स्थानीय सरकार केही गर्न नसकेको र पालिका अध्यक्षकै मिलोमतोमा उत्खनन् गरिएको समाजिक अभियान्ता पोख्रेलले आरोप लगाए ।

यो बर्ष पनि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिति दाङको सहमतिमा राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाले राप्ती नदी तथा अन्य खोलाहरूमा समेत ठुला–ठुला मेसिन प्रयोग गर्न अनुमति दिई उत्खनन् गर्न दिएको स्थानीयबासीहरूले बताएका छन् । यस बर्ष मापदण्ड विपरित मनलाग्दी उत्खनन् हुँदा समेत स्थानीय सरकार रमिते बन्नु र नियमन समेत गर्न आलटाल गर्नुलाई सजिलै मिलोमतो रहेको प्रष्ट हुने आर्का सामाजिक अभियान्ता धर्मराज अधिकारीले बताए । उनले मिलोमतो र सेटिङ्ग बिना यसरी दिनरात उत्खनन् गर्न कसैको हिम्मत नहुने तर्क गरे ।

गत बर्ष समेत राप्ती नदीहरूमा ठुला–ठुला मेसिन प्रयोग भएको सुचना पुगेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्रचार नै गरी तत्काल स्काभेटर तथा डोजर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न निर्देशन नै दिएको थियो । यसबर्ष पनि राप्ती नदीमा भईरहेको उत्खनन्को चौतर्फी विरोध भएपनि राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुको साटो उत्खनन्लाई प्रश्रय दिएको स्थानीय प्रकृतिप्रेमिहरूले आरोप लगाएका छन् । उता राजपुर गाउँपालिकाले जथाभावी नदीमा उत्खनन् गर्न दिएको भन्दै केहीदिन अघि स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

प्रकृतिप्रेमी तथा सामाजिक अभियान्ताहरूले बारम्बार नदीजन्य पदार्थ उत्खनन्को बिरोध गर्दा समेत जिम्मेवार निकाय मुकदर्शक बनेको भन्दै आपत्ति समेत जनाएका थिए । चर्काे दबाब र आलोचना पछि आइतबार बल्ल फुर्सद पाएको सिडियो कार्यालय सहितको अनुगमन टोलीले राप्ती नदी सहित अन्य खोलाको अनुगमनपछि तत्काल उत्खनन् बन्द गर्न प्रजिअ बैद्यले निर्देशन दिए । य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?