ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

संविधान समावेशी हुन सकेनः रेशम चौधरी

२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

सुनवल, २४ जेठ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ संविधान समावेशी हुन नसकेको बताएका छन् । बुधवार पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित गर्न नसकेको बताए । देशको नेतृत्वकर्ताको उपेक्षाले अझै पनि आफुहरु पछाडी परेको बताउदै चौधरीले अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने अवस्था आएको बताए ।

अधिकार प्राप्तिको लडाइँमा जेलभित्र पनि लड्दै आएको र अब खुला राजनीतिमा पनि लडिरहने बताए । सयौं राष्ट्रिय गीत लेख्ने, गाउने गरेको एक पत्रकार, कलाकारलाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक उन्मुक्ति पार्टीले यो देशको पहिचानवादी र पिछडिएका जनताको पक्षमा राजनीति गर्ने उनको भनाई थियो ।

राज्यले टीकापुर घटनालाई थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा आफुलाई फसाउने काम गरेको चौधरीले दाबी गरे । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन,’ उनले भने, ‘अबको मेरो बोनसको यो जिन्दगी थारु, आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गर्नेछु ।’

यस्तै २०८४ मा हुने निर्वाचमा मुलुकभर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरू विजयी भएर सिंहदरबार हाँक्ने पनि उनको जिकिर थियो । मन्तव्यको क्रममा नेता चौधरीले आफ्नो जेलभित्रका दुःखद अनुभव पनि सुनाए । साथै उनले अन्य दलका कार्यकर्ताहरूलाई लक्षित गर्दै अब पुराना पार्टी छोडेर आफ्नो नयाँ अभियानमा जोडिन आग्रह गरे ।

अघिल्लो निर्वाचनमा नेता चौधरी जेलमा रहँदा नै कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । गत मंसिरमा भएको निर्वाचनमा पनि उनी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्ति पार्टीबाट तीन जना सांसद निर्वाचित छन् । यही वैशाख १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको सिफारिसमा चौधरीको जेल सजाय मिनाह गरिएको हो । त्यस विरुद्ध सर्वोच्चमा रिट दर्ता भई कारण देखाउ आदेश जारी भएको छ ।

कार्यक्रममा सो पार्टी बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती नेपाली, केन्द्रीय सदस्य लक्ष्मण थारु र महेन्द्र प्रसाद चौधरी, जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?