ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

लुम्बिनी प्रदेश सभा : सांसद मर्यादा उल्लंघन गर्दै, मर्यादापालक सम्हाल्दै

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

बुटवल, १९ जेठ ।

सरकार बनाउने, कानुन बनाउने तथा ती दुवैको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र निगरानी गर्ने मुख्य थलो संसद हो । जनप्रतिनिधिहरुको सर्वोच्च निकाय प्रतिनिधि सभा, राष्ट्रिय सभा वा प्रदेशसभा लगायतका सबै संसदमा मर्यादापालकको ब्यवस्था गरिएको हुन्छ । संसदीय मर्यादालाई कायम राख्न र संसद बैठकलाई मर्यादित, ब्यवस्थित र अनुशासित बनाउन र संसद भवन परिसरको सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउन मर्यादापालकको भूमिका महत्वपूर्ण हुन्छ ।

संसदमा प्रवेश गर्ने सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीलगायत राष्ट्रका सबै महत्वपूर्ण ब्यक्तित्वहरु, आगन्तुक पाहुनाहरु, पत्रकारहरु सबैको मर्यादा अनुरुपको सम्मान गर्नु मर्यादापालकको दायित्व हो । मर्यादापालकहरु भन्छन्—“जव संसद बैठकमा सांसदहरु संसदीय मर्यादा नाघेर विभिन्न गतिबिधि गर्न थाल्छन् तव हामीहरुलाई यताजाम कि उताजाम, कहिले काँही त थाल खाम कि भात खाम भने जस्तो बनाउँछन् ।” जव संसदीय कारबाहीका क्रममा सांसदहरु मर्यादा उल्लंघन गर्न तर्फ अग्रसर हुन्छन् तव स्थिति सम्हाल्न कहिलेकाही त मर्यादापालकहरुलाई निकै हम्मेहम्मे पर्दछ ।

अधिकांश समय सामान्य रहेपनि कहिलेकाँही त स्थिति सम्हाल्न मुस्किल हुने सम्मको अवस्था आईपर्ने लुम्बिनी प्रदेशसभाका प्रमुख मर्यादापालक हिमबहादुर केसीको भनाई छ । प्रहरी निरिक्षक समेत रहेका केसीका अनुसार संसद भित्र र संसद परिसरमा मर्यादापालन कायम गर्न गराउन प्रदेशसभामा सभामुखको आदेशमा परिचालन हुने हातहतियार बिनाको दस्ता मर्यादापालक हो ।

संसद बैठकमा वा विषयगत संसदीय समितिहरुको बैठकमा मर्यादापालक परिचालन गर्ने ब्यवस्था रहेको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनको भनाई छ । मर्यादापालकहरुलाई सभामुख वा सभापतिको निर्देशनमा संसद र सांसदको सुरक्षा प्रदान गर्ने र आवश्यक परेमा मर्यादित ढंगले ब्यवस्थापन गर्नेसम्मको जिम्मेवारी हुने सचिव पुनले बताए । परिचालन गरिएका मर्यादापालकको सहयोग आवश्यक परेमा सभामुख वा बैठकका सभापतिले खटनपटन गर्ने गराउने र निर्देशन दिने प्रावधान रहेको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेशसभाका पुर्वसभामुख पुर्णबहादुर घर्तीका अनुसार संसद बैठक, संसद भवन, संसद सचिवालय र संसदका ती अंगहरुसँग सम्बन्धित ब्यक्तिहरुको समेत सुरक्षा प्रबन्ध मिलाई प्रभावकारी ढंगले मर्यादापालना गराउने काम मर्यादापालकको हो । यसरी प्रदेशसभाको संसद बैठक र संसद परिसरमा मर्यादापालन सम्बन्धी माग गर्ने र गराउने उद्देश्यले लुम्बिनी प्रदेशको प्रदेशसभामा पनि मर्यादापालकहरुको ब्यवस्था गरिएको पुर्वसभामुख घर्तीको भनाई छ ।


घर्तीका अनुसार नेपाल प्रहरीबाट तालिम प्राप्त जनशक्तिका रुपमा आपूर्ति गरिने मर्यादापालकको समूहले प्रदेश सभा हल र परिसरमा सुरक्षा प्रबन्ध मिलाउने, शिष्टाचारको ब्यवस्था सहित प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यहरुको स्वास्थ्य सुरक्षाको समेत ब्यबस्था मिलाउने गर्दछ ।

मर्यादापालकलाई प्रदेश सभामा सभामुखको निर्देशनमा जुनसुकै बेला पनि तदारुकताका साथ परिचालित हुने सत्ताको शक्ति पनि भनिन्छ । विशेषतः मर्यादापालकहरु प्रदेश सभामा सभामुखको आदेशको पालना गर्ने, बैठकमा सहभागी हुन आउने जनप्रतिनिधि, आगन्तुक पाहुना, पत्रकारहरुको लागि संसद भवन प्रवेश, संसद बैठकमा बसाई र उनीहरुले गर्ने सबै गतिविधिहरुको निगरानी समेत गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?