ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो
खबर

३ दिने रक्षा संवाददाता तालिम रुपन्देहीमा

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल,  जेठ

नेपाली सेनाका बारेमा आधारभुत ज्ञान दिने उदेश्यका लुम्बिनी प्रदेशका पत्रकारहरुलाई लक्षित गरि रक्षा सम्वाददाता अभिमुखिकरण तालिम शुरु भएको छ। श्री मध्यपश्चिम पृतना हेडक्वाटरको आयोजनामा ३ दिने अभिमुखिकरण कार्यक्रम बुटवलमा शुरु भएको हो। कार्यक्रममा जनसम्पर्क तथा सुचना निर्देशनालयका सहायक रथी कृष्ण प्रसाद भण्डारीले सेना-समुदाय सहकार्यको अवधारणा पुरानो भएको बताए।

जनताको संगठित शक्ति सेना भएको दाबी गर्दै उनले निर्देशनालय स्थापनासंगै जनतामाझ सेना सम्बन्धका कार्यक्रम बढ्दै गएको बताए । सिपाही पाक्षिक पत्रिका प्रकाशन, रेडियो नेपाल, टेलिभिजन कार्यक्रमहरु उत्पादन गर्दै संचारका धेरै कामहरु सेनाबाट हुँदै आएको उनले बताए। सुरक्षाको विषय वृहत बन्दै गएको दाबि गर्दै उनले सेना-समुदाय सहकार्यको अवधारणा सुरक्षामा आएको बताए। कार्यक्रममा श्री नं २२ बाहिनीका बाहिनीपति सहायकरथि ललित बहादुर कुवरले सेना र सुरक्षाका आधारभुत र प्राविधिक ज्ञान दिन तालिम फलदायी हुने बताए।

कार्यक्रमलाई निरन्तरता दिने गरि दोस्रो पटक आयोजना गरिएको उनले बताए। तालिममा रक्षा मन्त्रालय तथा राष्ट्रिय सुरक्षा नीतिको विषयमा रक्षा मन्त्रालयका उपसचिव फणीन्द्र पौडेलले सहजिकरण गरेका थिए। यसैगरि राष्ट्रिय सुचना आयोग र सुचनाको हक, प्रेस काउन्सिल नेपालको भुमिका तथा पत्रकार आचार संहिता, नेपाली सेनाको संरचना तथा नेपाली सेनाको विद्यमान हवाई क्षमता विषयमा विपद ब्यवस्थापन निर्देशनालयका सेनानी राहुल अधिकारी, मध्यपश्चिम पृतना हेडक्वाटरका प्रमुख सेनानी राजेन्द्र बोगटी, प्रमुख सेनानी अनिल उपाध्याय, सहायक रथि माधव थापा, पत्रकार देव बहादुर पचभैया, टोपलाल अर्यालले सहजिकरण गरेका थिए। तीन दिने लुम्बिनी प्रदेशस्तरिय रक्षा सम्बाददाता अभिमुखिकरण तालिममा १२ जिल्लाका डेढ दर्जन पत्रकारहरु सहभागी छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?