ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

ज्योतीनगरबासीलाई पहिरोको पिर, दीर्घकालीन समाधान खोज्न माग

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

बुटवल, ११ जेठ ।

हरेक वर्ष वर्षायामको शुरुवातसँगै बुटवलको माथिल्लो भेगका बासिन्दा ज्योतिनगरको पहिरो हेरेर चिन्तित हुन्छन् । उनीहरु दशकौं अघिदेखि बर्षायाममा पानी पर्नासाथ चुरेपहाडबाट निरन्तर खसिरहने पहिरोबाट पीडित छन् । स्थानीय पहिरो पीडितहरुका अनुसार आकाशबाट पानी पर्न थाल्यो कि माथि पहिरोतिर हेर्ने, झर्न थाल्यो कि पोका पुन्तुरा र नानीहरु बोकेर भाग्ने गर्दछन् ।

बुटवल उपमहानगरपालीका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर, मिलनटोल, लक्ष्मीनगर, बमघाट, गोलपार्क, संगमटोलका सयौं घर अहिले पनि पहिरोको उच्च जोखिममा छन् । यहाँका हजारौं जनता दशकौंदेखि उक्त पहिरोजन्य समस्याको समाधान पर्खेर बसेका छन् । स्थानीयका अनुसार बर्षेनी करोडौं रुपैयाँ उक्त पहिरो नियन्त्रण तथा रोकथामका लागि लगानी भैरहेको भएपनि नतीजा प्रभावकारी ढंगको आउन नसकेको उनीहरुको भनाई छ ।

पहिरो नियन्त्रण तथा रोकथामका लागि विभिन्न निकायहरुबाट यसवर्ष मात्रै झण्डै १ करोडको काम भएको छ भन्दा सायदै कसैले पत्याउला ? हुन त यहाँका ५७ जना पहिरो पीडितलाई २०५७ सालमा बुटवल १२ तामनगरमा स्थानान्तरण गरिएको थियो । वर्षेनी दर्जनौं घरमा क्षति पुराउने सो पहिरोको दीर्घकालीन समाधान खोज्न सरकारसँग पीडितहरुले माग गरेका छन् ।

मिलनटोल विकास संस्थाका अध्यक्ष शोभाकर पाण्डेले हरेक वर्ष बर्षायाममा बुटवलका हजारौं जनताको लागि अभिशाप बन्दै आईरहेको ज्योतिनगरको पहिरो नियन्त्रणका लागि प्रयाप्त मात्रामा प्रयासहरु नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । ठुलो बाढीसहितको पहिरो आउने, ढुंगामुढा, काठसहित बगाएर आउँदा बोरा, बिस्तारा उठाएर बालबच्चासहित भाग्नु परेको पाण्डे बताउँछन् ।

चेतना पासाङ्ग टोलका अध्यक्ष प्रकाश गुरुङ्गका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर, लक्ष्मीनगर लगायतका स्थानहरु पहिरोको उच्च जोखिममा रहेको भएपनि यसको रोकथाम र नियन्त्रणका लागि भैरहेका प्रयासहरु प्रभावकारी बन्न सकिरहेका छैनन् ।

पहिरो प्रभावित क्षेत्रमा स्थानीय तहको अगुवाईमा प्रभावकारी ढंगले रोकथाम तथा नियन्त्रणका कार्यहरु गर्ने प्रयास भैरहेको वडा सदस्य अमृत खड्काको भनाई छ । यो बर्ष मिलनटोल र ज्योतिनगरमा दुई स्थानमा मात्रै ८५ लाख बराबरको काम भैरहेको भन्दै सदस्य खडकाले बजेट कम भएकाले पहिरो नियन्त्रण तथा रोकथामको काम प्रभावकारी हुन नसकेको बताउँछन् ।

पहिरो नियन्त्रण र रोकथामका लागि चेक ड्याम, वृक्षारोपण, पानीको धार परिवर्तन लगायतका आवश्यक कार्यहरु भैरहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिष्णुप्रसाद ढकालले बताएका छन् । वर्षेनी करोडौं रुपैयाँ बजेट खर्च भैरहेको उल्लेख गर्दै स्थानीय तहको बजेटले मात्र संभव नभएकोले प्रदेश र संघमा समेत माग गरी पहिरो नियन्त्रण तथा रोकथामको काम भैरहेको अध्यक्ष ढकालको भनाई छ ।

हिरोको माथिल्लो भेगबाट नाला बनाएर पानीको बहावलाई उत्तरी क्षेत्रबाट चिडियाखोला तर्फ निकास दिइएको र तल्लो भेगमा ढुंगामाटो हटाउने र पर्खाल लगाउने कार्य भैरहेको उनले जानकारी गराएका छन् । चुरे क्षेत्रमा हेक्साभेटर, डोजर लगायत मेसिन प्रयोग गर्न नहुने नीति विपरित पहिरोको माथिल्लो भेगसम्मै मेसिन पु¥याएर उत्खनन् ब्यबस्थापन गर्ने कार्य भैरहेको भन्दै कतिपय बुद्धिजिवीहरुले चिन्ता ब्यक्त समेत गरेका छन् ।

यसबारेमा बुटवल उपमहानगरपालिका र वडा कार्यालय भने बेखवर रहेको बताइएको छ । मेसिन प्रयोग गरिएकोबारे आफुहरुलाई थाहा नभएको उपमहानगर र वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष ढकालले भने—“स्थानीय उपभोक्ता समितिबाट तारजाली भर्ने ग्यावियन, पर्खाल लगायतका निर्माण काम भैरहेको छ । उपभोक्ता समितिले निर्माणको काम प्रभावकारी बनाउन स्थानीय आवश्यकताका आधारमा काम गरेको होला । यसबारे वडा कार्यालयलाई जानकारी छैन ।”

नगरप्रमुख खेलराज पाण्डेले भने—“स्थानीय आवश्यकता र बाध्यताको अवस्था सिर्जना भएका कारण स्थानीयबाटै मेसिन प्रयोग गरिएको हुनसक्छ । वातावरणीय अनुकुलनका हिसावले प्रयोग गर्न नमिल्ने हो । तर स्थानीयको सहमतिमा वा स्थानीयको दवावमा प्रयोग भएको हुन सक्छ । हामीले मेसिन प्रयोग गर्न स्वीकृती दिएका छैनौं । प्रयोग गरेका खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।”

त्यसो त ज्योतिनगर पहिरो रोकथाम र नियन्त्रणका लागि बर्षेनी दर्जनौं बैठक, छलफल, गोष्ठी सेमिनारहरु पनि नभएका हैनन् । तीनै तहका सरकार र सरकारी निकायबाट गरिने यस्ता कार्यक्रमबाट खासै उपलब्धी नदेखिएको स्थानीयहरु बताउँछन् । उता सरकारी प्रतिनिधिका अनुसार काम भैरहेको छ तर प्रभावकारी काम नहुदा समस्या जहाँको तही छ ।

बर्षेनी दर्जनौं घरमा क्षति पु¥याई करोडौंको धनमालको क्षति गर्ने सो पहिरो नियन्त्रणको लागि स्थायी र दीर्घकालीन समाधान खोज्न सरकारसँग पहिरो पीडितहरुको माग रहेको बमघाट टोलका अध्यक्ष यमबहादुर टण्डनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?