ट्रेंडिंग:

>> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी 
मुख्य खबर

बन्दीपुर उठ्यो, तानसेन कहिले ?

व्यवशायी पहिले सुध्रिने कि, सरकार सुध्रिने ? अरुलाई देखाएर पहाडकी रानी तानसेनलाई खण्डहर कहिलेसम्म पारिरहने ? कसैले कसैमाथि प्रश्न नगरी काम नगर्ने हो भने न तानसेनको शान बढ्ने छ, न त यहाँको सुन्दरताको उपयोग गर्ने पर्यटकको भिड बढ्नेछ ।
४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

पाल्पा: तँनहु बन्दीपुरका पर्यटन व्यवसायी महेन्द्र थापा अब आफनो गाउले पर्यटन क्षेत्रमा दक्षिण एशियामा नै आफना बेग्लै पहिचान बनाउन सफल भएकोमा हर्षित भएका छन । दुई दशक अगाडि देखि संगठित रुपमा गाउ बाहिर छरिएर रहेका व्यवसायीहरुको आफनो गाउँ आफै बनाउन भन्ने अभियान चलाएपछि कठोर मेहनतबाट यो अवस्थामा आई पुगेको उनी आफनो अनुभव सुनाउछन ।

बन्दीपुर कै अर्का व्यवसायी कृष्णा थापा विगत आफ्नो अनुभव सुनाउँदै भन्दछिन । बन्दीपुर गाउ नया होइन पुरानै हो । पुरानो गाउँ बस्तीलाई पुरानो स्वरुपमा राखियो त्योसंगै स्थानियको आयमा बृद्धि गर्न कृषकलाई जोड दिइयो । हाम्रो योजनालाई स्थानिय सरकारले पुरापुर सहयोग गरेका कारण आज बन्दीपुर यो अवश्थामा आएको हो
स्थानिय सरकारका प्रमुख सुरेन्द्र थापा भन्दछन पहिलो कुरा त बिकासमा विभेद र राजनैतिक कहिल्यै भएन । दोस्रो स्थानिय सरकारले यहा पर्यटकका लागि पुर्वाधार निर्माण नै मुख्य प्राथमिकतामा राखेर काम गरियो । त्यसै गरी यस पटक पर्यटन प्रवद्र्धनका लागि भनेर करोडौ रुपैयाका लागतमा स्थानिय सरकारले थानीमाइको मन्दिर देखि मुकुन्देश्वरीमा पुगेर सकीने ग्रेटवालको निर्माण गरीयो, बजार देखि बाहिर होटलहरु स.चालन गरिएको छ । बिकासका लागि माया भन्दा व्यवसायीतामा जोड दिएका छौ । बन्दीपुर कृषि पर्यटकको लागि पनि मुख्य श्रोत बनेको छ उनले भने ।

पहिलो पटक बन्दीपुरको बाख्रा फार्ममा पुगेका पाल्पाको माथागढी रुप्सेका जिवलाल भटराई बन्दीपुर पुग्दा अचम्मीत भएको बताउदै भने, तानसेन भन्दा नयाँ सहर भएपनि तनहुको बन्दीपुर पर्यटन बिकासमा जुरुक्क उठेको देख्दा आफु दगं परेको बताए । तनहुको बन्दीपुरको तुलनामा तानसेनसंग धेरै कुरा भए पनि तानसेन संग भएका कुरा प्रचार प्रसारको कमीले गर्दा तानसेनको पर्यटन व्यवशाय खस्किदो अवस्थामा रहेको उनको बुझाई रहेको छ ।

विगतमा तानसेनको पर्यटन बिकासका लागि दातृ निकायले सहयोग नगरेको होइन । सहयोग आउदा सम्म केही भयो जस्तो भयो त्यस पछिका दिनमा जस्ताको तस्तै भयो । बन्दीपुरको पर्यटन प्रवद्धनका लागि एकै पटक जर्मन सरकारले सहयोग गरेको हो । तानसेन बन्दीपुर भन्दा पुरानो हो । तानसेनले सुनको कचौरा लिएर भिख माग्न हिडेको बन्दीपुरको पर्यटन व्यवसायी अनमोल श्रेष्ठ बताउछन । हामी ले पुराना तथा एतिहासिक धरोहरलाई स्वरुप नबिगारी जस्ताको तस्तै पुन निर्माण गर्यैा । तानसेनले पनि बन्दीपुरको जस्तो गरी ऐतिहासीक संरचनाहरु संरक्षण गर्नु पर्ने थियो । तानसेनले आधुनिकताको नाममा सिमेन्ट तथा नया रगं रोगनहरुको प्रयोग बढाएको उनले बताए । बन्दीपुरलाई सुक्ष्म तवरले नियालेका तानसेनका पर्यटन व्यवसायी राजीव शाह पनि तानसेन संभावना ठाउ हो । सबै कुरा प्रकृतीले निशुल्क उपहार स्वरुप प्रदान गरेको छ । रानी महललाई मात्र प्रयोग गर्न सकिए मात्र टाढाको होइन ? छिमेकी मुलुक भारतको गोरखपुरका नागरिकलाई मात्र भित्रयाउन सके पुग्दछ । यहा धार्मिक, कृषि सास्कृतिक पर्यटकलाई तानसेन ल्याउन सकिने प्रसस्त आधारहरु देखिन्छन । स्थानिय सरकारले बन्दीपुरमा जस्तो निजी क्षेत्रसंग हातेमालो गरेको खण्डमा यहाको ब्राण्डलाई अन्तराष्टिय बजारमा बिक्री गर्न सकिने उनले बताए ।

तानसेनको बजारको पुरानो पुस्ताको उद्यमी पुर्णमाया महर्जनको अनुभव भन्ने बेग्लै छ । जब मुलुक शशस्त्र द्धन्दमा फस्यो त्यस पछिका दिनमा तानसेनमा पर्यटक आउने क्रम खस्कियो । पहिले पहिले यहाको सिप प्रविधीको अध्यनका लागि, एसियन, युरोपिएन मुलुकका पर्यटको भिड नै लाग्दथियो । त्यसै गरी यहाका पुराना कला तथा संरचनाहरुको अध्यनको लागि आउने पर्यटकले होटलहरु भरिभराउ हुन्थ्यो । तर त्यही तानसेनमा आधुनिकता आवरणमा ऐतिहासिक महत्व बोकेका धरोहरहरु क्रमिक रुपमा रमाउदै गयो , यहाको मौसम तथा वातावरण क्षेत्रमा प्रतिकुल प्रभाव पर्ने काम भए पछि पर्यटकको रोजाईमा तानसेनमा लोभ्याउन सकिने धेरै आधार भएपनि अहिलेको पुस्ताको कारणले खस्कियो , राम्रो हावापानी भएका कारण भारतको उत्तर प्रदेशका विभिन्न जिल्ला बाट स्वास्थ्य उपचारको पाल्पाको मिसन अस्पतालमा आउनेको सख्या ठुलो छ । पहिला पहिला त्रिभुवन बहुमुखी विश्व विद्यालयमा अध्ययनको लागि आउने विद्यार्थीको संख्या अत्याधिक थियो तर अहिले न्युनमा खुम्चिन पुगेको यस्ता यस्ता धेरै कारणबाट तानसेनको बजार खस्किदो देखिन्छ । । अब तानसेनलाई पुरानो लयमा फर्काउनको लागि नया पुस्ता लाग्नु पर्ने पुर्णमायाको बुझाई रहेको छ ।
तानसेनको पहिचान दिएका पुराना पुराना कुरासंगै प्रकृतिकको उपहार श्रीनगर, प्रेमको प्रतिकको रुपमा रहेको रानी महल, त्यसैगरी अमर नारायण मन्दिर, रण उज्जेश्वरी मन्दिरसँगै कृषि पनि यहाका पर्यटकलाई आर्कषित गर्ने प्रमुख आधारहरु हुन । स्थानिय सरकारले पुर्वाधारलाई जोड दिदै निजी क्षेत्रसंगै सहकार्य गरेको खण्डमा पर्यटक बिकास संगै रोजगारीका अवसर सिर्जना हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?