ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
तीन दिने सुखौरा खोला सफाई अभियान

फोहोर ब्यवस्थापनमा हेलचेक्राई गरे जरिवाना

२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

बुटवल, २७ बैशाख ।

बुटवल नगरलाई सुन्दर, स्वच्छ र हराभरा नगर बनाउने लक्ष्यसहित बुटवल उपमहानगरपालिकाले सरसफाईलाई विशेष अभियानको रुपमा चलाउन थालेको छ । नियमित तालिका बनाएर नगरभित्रका विशेष स्थानहरुको सरसफाईमा तिब्रता दिएको हो ।

मुख्य शहरी क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा ४, ६, ७ र ८ मा बग्ने सुखौरा खोला सरसफाईको ३ दिने अभियान बुधबारदेखी शुरु गरेको छ । स्थानीय जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उपभोक्ता समूहका पदाधिकारी, सदस्यहरु यो अभियानमा हातेमालो गरेका छन् । सुखौरा खोलामा ढल मिसाउने, फोहोर फाल्ने काम रोक्न उपभोक्ता समितिमार्फत सचेतना कार्यक्रमलाई अघि बढाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

‘यो नगरपालिकाको रुटिनभित्रको कार्यक्रम हो’–उनले भने । विगतमा बुटवलको बसपार्कलाई सफाई, सुन्दर र वाईफाईयुक्त बसपार्क बनाउन सफल भएको उदाहरण दिदै उनले अब सुखौरा खोलाको सरसफाईलाई पुर्ण रुपमा सफल बनाउने बताए । सिक्सलेन सडक निर्माण पुरा भएसंगै यो सफाईलाई समेत प्राथमिकता दिने उनले बताए । पहिलो चरणमा घरघरमा सचेतना बोर्ड राख्ने काम गर्ने र यति हुँदा पनि ब्यवस्थित हुन सकेन भने टोल समितिको अगुवाईमा फोहोर गर्नेहरुलाई जरिवाना लगाउनेसम्मको कारवाही अघि बढाउने उनले बताए । बाढीपहिरोमा खहरेको रुपमा रहेको यो खोला हिउँदमा भने सुख्खा हुन्छ । शहरमा बसोबास गर्नेहरुले आफ्नो घरबाट निस्कने फोहोरलाई मिल्क्याउने थलोका रुपमा सुखौरा खोलालाई उपयोग गर्न थालेपछि यो फोहोर भएको हो । बुटवल शहरमा दैनिक ६० टन फोहोर उत्पादन हुन्छ । सो फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र छैन । उपमहानगरले फोहोर उठाउएर सोभैm तिनाउ नदी किनारमा फाल्छ । घामपानीले पिल्सेर दुर्गन्ध पैmलिने समस्या त छँदैछ । पानी प¥यो कि फोहोर बगेर नदीमा मिसिन्छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष नरेश्वर पौडेलले शहरी बस्तीमा फोहोर ब्यवस्थापन चुनौती बनेको बताए । घरघरमा पुगेर आफु सफाईको अभियानमा लागेको भन्दै सचेत ब्यक्तिबाट नै फोहोरको ब्यवस्थापनमा चुक्ने गरेको दुःखेसो गरे । प्रत्येक दिन घरघरमा फोहोर उठाउने सवारीसाधन माईकिङ गर्ने भएपनि नगरबासीहरु गलत तरिकाबाट फोहोर फयाँक्ने गरेको बताए । घरभित्रबाट नै फोहोर ब्यवस्थापन थाल्ने गरी कार्यक्रम गर्न लागेको उनले बताए । वैशाख २७ देखि ३ दिनसम्म चल्ने कार्यक्रममा वडाबासीहरुको साथ र सहयोग जरुरी रहेको उनले बताए । बुटवल उपमहानगरपालिका वडा नं ४ आर्दशनगरमा शुरु भएको सुखौरा खोला वडा नं ६, ७ र ८ हुदै तिलोत्तमा नगरमा पुग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?