ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने
मुख्य समाचार

लुम्बिनीका उपमहानगरमा फोहर मोहर बन्ने कहिले ?

घोराहीले ग्याँस उत्पादन शुरु गरेको छ, तुलसीपुरमा कम्पोष्ट मल बनाइरहेको छ भने नेपालगञ्ज र बुटवल उपमहानगरले फोहर पुर्दै औषधी छर्किदै गरिरहेका छन् । योजनाबद्द रुपमा काम नहुँदा उपमहानगरहरुमा शहरी फोहरको चिन्ता दिनप्रतिदिन थपिदै गएको छ ।
२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल, २५ वैशाख ।

लुम्बिनीका उपमहानगरहरुले फोहर व्यवस्थापनको काम फरक फरक तरिकाले गर्दै आएका छन् । कतै फोहरलाई मोहर बनाउने प्रयास शुरु भएको छ भने कुनै कुनै उपमहानगरपालिकाहरुले फोहर व्यवस्थापनका लागि डम्पिङ साइट खोज्ने काम गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाले नगरभित्रको फोहरमैलालाई प्रशोधन गरेर ग्याँस उत्पादन गरेको छ । नगरले संकलन गरेको फोहरमध्ये गल्ने फोहरबाट ग्याँस निकालेको हो । नगरले २० वर्षको सम्झौता गरेर उर्जा विकास कम्पनीले ग्याँस उत्पादन कार्य शुरु गरेको उपमहानगरका प्रवक्ता राममणि पाण्डेयले बताए ।

पहिलो चरणमा ५२ घरधुरीमा ग्याँस जडान कार्य शुरु भएको छ । त्यसका लागि नगरमा यूएन डिपिले अनुदानमा ग्याँस चुलो समेत वितरणको काम भईसकेको छ ।

उपमहानगरबाट दैनिक १५ सय टन फोहर संकलन हुने सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले बताए । उनले संकलन भएको फोहरलाई उपमहानगरको वडा नम्बर १६ को करैती डाँडामा रहेको ल्याण्डफिल्डमा संकलन गरिएको बताए ।

त्यहाँबाट नकुहिने फोहरलाई कवाडीमा बिक्री गरेर आम्दानी हुने र बाँकी गल्ने फोहरलाई ग्याँस उत्पादनमा प्रयोग गर्ने गरिएको छ । फोहरबाट उत्पादन भएको ग्यास मूल्य निर्धारण नभए पनि बजारमा पाइने ग्याँस भन्दा करिव ३ सय रुपियाँ कम मूल्यमा स्थानीयबासीले ग्याँस प्रयोग गर्न पाउने अधिकारीको भनाई छ । यसरी ग्याँस उत्पादन हुँदा एकातिर फोहर व्यवस्थापन गर्न सहज र अर्कोतर्फ स्थानीयले कम शुल्कमा ग्याँस प्रयोग गर्न पाउने दोहोर फाईदा देखिएको छ ।

उपमहानगरवासीहरुलाई फोहर व्यवस्थापन तथा सरसफाई सम्बन्धी चेतना अभिवृद्धि गर्न, फोहरमैला व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको संलग्नता स्थापित गर्न, समुदायको चासो र संलग्नतामा अभिवृद्धि गर्न, फोहर संकलन देखि व्यवस्थापन सम्मका सबै कार्यहरु सम्बन्धी जानकारी दिने गरेको सरसफाई प्रमुख अधिकारीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नगरबाट उत्पादन भएकोे कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन शुरु गरेको छ । गएको दुई महिनाबाट यो अभ्यास शुरु भएको उपमहानगरका सरसफाई शाखा प्रमुख माधव पौडेलले बताए । उनले कुहिने फोहरको मल बनाएर व्यवस्थापन शुरु गरे पनि नकुहिने फोहरलाई उपमहानगरले तयार गरेको ६ र १५ मा पर्ने कुकुरेभचनामा पुरेर व्यवस्थापन गर्ने गरेको बताए ।

यहाँ दैनिक २५ टन फोहर संकलन हुने गरेको छ । यहाँबाट दैनिक ४० देखि ५० किलोसम्म जैविक मल उत्पादन भईरहेको छ । अहिले मलको गुणस्तर मापनका लागि काठमाडौ पठाएको प्रमुख पौडेलले जानकारी दिए । उनले मलको गुणस्तर मापनपछि नै यसको मूल्य निर्धारण गरेर किसानहरुलाई सस्तो मूल्यमा बिक्री गर्ने योजना रहेको बताए । उपमहानगरमा रहेको फोहरलाई मलमा परिणत गर्दा दोहोरो फाईदा हुने भएकाले नै मल बनाउन शुरु गरेको पौडेलको भनाई छ । एकातिर फोहर व्यवस्थापन हुने अर्कीतिर मलले किसानलाई सहज हुने भएकाले पनि दोहोरो फाईदा छ । पौडेलका अनुसार फोहर पुरेर मात्र दिगो व्यवस्थान नहुने भन्दै त्यसका लागि उपमहानगरले विकल्पको खोजी गरिरहेको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाको करिब ७० प्रतिशत भू–भाग दाङ उपत्यकाको समथर भू–भागमा रहेको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो । यो उपमहानगरपालिका साविकको तुलसीपुर नगरपालिका, हलवार, टारिगाउँ, उरहरी, पवननगर, मानपुर, विजौरी, डरुवा र फुलवारी गाविस मिलेर बनेको हो ।

बुटवल उपमहानगरपालिकाले यहाँ संकलन हुने दैनिक ५३ टन फोहरलाई तिनाउ नदीको छेउँ मजुवामा पुरेर व्यवस्थापन गरिरहेको छ । फोहर पुर्ने र किटाणु नष्ट गर्नका लागि औषधी छर्ने गरेको छ ।
करिव डेढलाख जनसंख्या भएको उपमहानगरले दिगो फोहर व्यवस्थापनका लागि जग्गाको खोजी गरिरहेको वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले बताईन् । उनले शिवनगर वनमा फोहर व्यवस्थापनका लागि केही पूर्वाधारहरु निर्माण भईरहेको जानकारी दिईन् ।

बुटवल उपमहानगरपालिका सरसफाई प्रमुख खगेश्वर पोखरेलले नगरपालिका, निजी क्षेत्र, सहकारी र स्थानीय टोलविकास संस्थाहरु मिलेर फोहर व्यवस्थापनको काम भईरहेको बताए । सबैले फोहर संकलनदेखि व्यवस्थापनका काम गर्ने बताए । उनले वडा नं. ७ र ८ मा बुटवल सरसरफाई तथा वातावरण संरक्षण सहकारी संस्थाले गल्ने र नगल्ने फोहर छुट्टयाएर फोहरको व्यवस्थापन गर्ने गरेको बताए । उनले उपमहानगरले अत्याधुनिक तरिकाबाट गल्ने फोहरबाट मल उत्पादन गर्ने सोच बनाएको जानकारी दिए । शिक्षा, स्वास्थ्थ, रोजगारी लगायतका सबै क्षेत्रका अगाडी बढिरहेको उपमहानगरमा फोहर व्यवस्थापनको पाटो कमजोर देखिएको छ । उपमहानगरले फोहर व्यवस्थापनलाई महत्व नदिनु पनि एउटा कारण हुन सक्छ ।

यस्तै नेपालगञ्ज उपमहानगरको फोहर संकलन र व्यवस्थापन पन पनि बुटवलको जस्तै छ । नगरबासीको घर घरमा पुग्ने संकलन गर्ने र ल्यान्डफिल्ड साइड वडा नं. २३ मा पुर्ने र औषधी छर्ने गरेको उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख प्रकास डिसीले बताए । फोहर व्यवस्थापनका लागि अरु कुनै योजनाहरु अहिलेसम्म नभएको भन्दै दीर्घकालीन फोहर व्यवस्थापनको योजना आवश्यक रहेको प्रमुख डिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?