ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

लागुऔषध कारोबार बढ्दा अभिभावकलाई बालबलिकाको चिन्ता

२४ बैशाख २०८०, आइतबार
२४ बैशाख २०८०, आइतबार

दाङ, २४ वैशाख ।

केही समयअघि दाङ प्रहरीले लमही नगरपालिका– ९ अमेलियामा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेशसहित पाँचजनालाई पक्राउ गर्यो ।

अर्को घटनामा पाँच केजी दुई सय ग्राम अफिमसहित ३ जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गर्यो । प्रहरीका अनुसार, जिल्लामा अफिम पक्राउ परेको यो घटना सबैभन्दा ठूलो मात्रामा हो । घोराही उपमहानगरपालिका वडा नम्बर –५ मा लागुऔषध अफिमको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कानूनी कारवाही गरेको छ ।

पछिल्लो समयमा दाङमा लागू पदार्थ ओसारपसारका घटना बढ्दै गएको छ । दाङ लागू औषधको प्रमुख कारोबार केन्द्र बन्दै गएको प्रहरीको प्रतिवेदनले नै देखाएको छ । ब्राउन सुगर, गाँजा, अफिम, हिरोइन, चरेश लगायत लागु औषधको ओसारपसार तथा सेवन गर्नेहरु बढ्दै गएको प्रहरीको अनुसन्धानले देखाएको छ । यसमा अधिकांश युवाहरुको संलग्नता देखिएको छ ।

विशेष गरी रुकुम, रोल्पा हँुदै दाङ भित्रिने गरेको लागु औषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा लागु औषध बरामद सम्बन्धी अभिलेखमा पछिल्लो तीन वर्षमा मात्रै सयौँ घटना अभिलेख भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ३९ वटा मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेका छन् । यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या बढेर ५९ पुगेको छ । जसमा १ सय १६ जना पक्राउ परेका छन् । उक्त घटनामा एउटा मुद्दा अझै अनुसन्धानकै क्रममा रहेको उनले बताए । प्रहरी प्रमुख वलीले चालु आर्थिक वर्षको हालसम्म ५२ वटा लागू औषधका मुद्दा दर्ता भईसकेको बताए ।

उक्त मुद्दामा ३३ वटा फछ्र्यौट भईसकेको र १९ वटा प्रकृयामा रहेको जानकारी दिए । यो वर्ष लागू औषधसम्बन्धी घटनामा १ सय १ जना व्यक्ति पक्राउ परिसकेका छन् । प्रहरी उपरीक्षक वलीले भने, “यो वर्ष अहिलेसम्म ५२ वटा लागू औषध मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा ८८ जना पुरुष र १३ जना महिला पक्राउ परेका छन् । समाजमा बढ्दो अपराध नियन्त्रणका लागि प्रहरी दिन रात नभनी खटिएको छ तर समाज कता जाँदैछ ? अब हरेक परिवार सम्वेदनशील हुन जरुरी छ”–उनले भने ।

जिल्ला प्रहरी कार्यालय दाङको अभिलेखमा पछिल्ला वर्षहरुमा ठूलो मात्रामा लागु औषध कारोबार हुन थालेको छ् । बढ्दो लागु औषध दुव्र्यसनलाई नियन्त्रण गर्न दाङमा जनप्रतिनिधि, आमा समूह, शिक्षक, गैरसरकारी संस्था, प्रहरीको सहभागितामा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम पनि हुने गरेका छन् । तर, अभियान सार्थक बन्न सकेको छैन । भविष्यका कर्णधार भनिएका बालबालिकाहरु लागू औषधको कुचक्रमा फस्ने जोखिम बढेर गएको छ ।

बालबालिका तथा युवाहरु विभिन्न लागु औषध दुव्र्यसनमा फस्दै गएपछि विद्यालय स्तरबाट स्वास्थ्य र सचेतनाका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्ने उनको भनाई छ । व्यक्ति, परिवार र समाजलाई यस्ता कुलतले नराम्रोसँग असर गरिरहेको भन्दै यसलाई रोक्न सचेतना र कानुनी कारवाहीलाई सँगसँगै लैजानुपर्ने प्रहरी प्रमुख वली बताउँछन् ।

बाल उमेर समूहबाटै कुलतमा फस्नेहरुको संख्या बढ्दै गएकोप्रति अभिभावक पनि चिन्तित छन् । घर परिवारको प्रयासले मात्रै रोकथाम सम्भव नभएको भन्दै केही अभिभावकहरु यसको उचित समाधानको खोजी पनि गर्छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मिलन चौतारी टोलकी सिता महताराले आफ्नै समुदायमा लागुपदार्थको दुव्र्यसनमा फस्ने युवाहरु देख्दा निकै चिन्ता बढेको बताइन् । उनका साना छोराछोरी विद्यालयबाट फर्किदा कतै गलत संगतमा लागेर कुलतमा फस्ने हुन की भन्नेमा चिन्ता उनलाई बढेको छ । पछिल्लो समय कुलतमा फसेर जीवन बर्बाद गर्नेहरुको समाचार सुन्दा उनलाई आफ्ना छोराछोरी कतै यही बाटोमा पर्ने हुन् की भन्ने पिर लाग्ने गरेको छ ।

घोराही –१३ लेटारकी मिलन चौधरी पनि आफ्नो टोलमा केही बालबालिकाहरु कुलतमा फसेको देख्दा उनी पनि झस्किएकी छन् । कतै उनीहरु जस्तै गलत बाटोमा लाग्ने हुन् की भन्ने पिरलो छ । बालबालिकाहरुमा बढ्दो कुलतले भोलिको समाज नै सही बाटोमा नरहने हो की भन्ने चिन्ता बढेको छ । आफु राम्रो हुँदाहुँदै पनि विभिन्न प्रलोभनमा पारेर अन्जानवश कुलतमा बालबालिका फस्ने हुन् की भन्नेमा सँधै सचेत रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?