ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

श्रमिकको सामाजिक सुरक्षा खै ?

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

बुटवल, १८ वैशाख ।

बुटवल रामनगरका ४६ वर्षीय होम बहादुर दर्लामी मगर ३ महिनादेखि बिस्तारामा छन् । ब्लड प्रेसरबाट थलिएका उनको एक हर चल्दैन । हिंड्डुल गर्न नसक्ने हुदा प्लाष्टिकको मुत्रथैली झुण्ड्याईएको छ ।

उनी पिडाको घडीमा छन् । १५ वर्षदेखि बुटवलमा घर निर्माण मिस्त्री काम गर्ने दर्लामी दीर्घरोगका कारण बेडमा पर्दा कतैबाट सहयोग पाउन सकेका छैनन् । उनले बुटवलका धेरै घरहरु बनाए । अहिले उनलाई आफू बस्ने छाप्रो छैन । भाडाको कोठामा बस्ने उनलाई घरबेटीले शतप्रतिशत छुट दिएका छन् । उनी जस्ता ज्यालादारीबाट जिविका चलाएकाहरुलाई लक्षित गरी सरकारले सामाजिक सुरक्षा कोष ल्याएपनि वास्तविक श्रमिकसम्म यो पुगेको छैन ।

असंगठित क्षेत्रमा रहेका उनले श्रम गर्न नसकेपछि अहिले पिडामा मल्हम लगाउने कोही भेटिदैनन् । श्रीमती मन्जु मगरसंगै ज्यालादारी काम गर्थिन् । परिवारको भविष्यको चिन्तनले उनलाई वैदेशीक रोजगारमा पुर्यायो । अहिले स्वदेश फर्किएर श्रीमानको सेवामा लागेकी छन् । छोरीको पढाई, घरब्यवहार चलाउन समस्या छ । पारिवारिक अवस्था नाजुक भएकी उनी अहिले विभिन्न सामाजिक ब्यक्तिहरुको सहयोगबाट दैनिकी चलाएकी छिन् । रुपन्देहीमा उनीजस्तै असंगठित क्षेत्रमा काम गर्ने आधा दर्जन बढी दीर्घरोगीहरु अहिले पिडामा रहेको नेपाल निर्माण श्रमिक संघका पुर्व केन्द्रीय अध्यक्षका जेवी गुरुङले बताए ।

लामो समयदेखि माग गरेको भएपनि असंगठित क्षेत्रका कामदारहरुलाई सामाजिक सुरक्षाको सुविधा पाउनबाट बन्चित हुनुपरेको उनको दुःखेसो छ । दीर्घरोगी श्रमिक, मृत्यु भएका श्रमिकहरुको परिवारलाई समेत उपयोगी हुने गरी सरकारबाट संचालन गरिएको कार्यक्रमले वास्तविक श्रमिकमा पुग्न नसकेको उनको गुनासो छ ।

रुपन्देहीमा हाल १६ हजार ५ सय असंगठित क्षेत्रमा कार्यरत श्रमिक छन् । देशभर कुल श्रमिकहरु ६९.८ प्रतिशत श्रमिकहरु रहेको तथ्यांक छ । अनौपचारिक क्षेत्र र असंगठित क्षेत्र यसको ९५ प्रतिशत श्रमिकहरु काम गर्दै आएको उनको दाबी छ । ‘५ प्रतिशत भन्दा बढी संगठित क्षेत्रमा काम गर्ने छैनन्’–उनले भने । सामाजिक सुरक्षाको दायरामा समेत उनीहरु आउन सकेको छैन । नारामा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन भनिए पनि त्यो कार्यान्वयन हुन सकेको देखिदैन । जीवनभर श्रम गरेर जीवन धन्ने श्रमिकहरु आफ्नो बुढ्यौलीमा पिडित अवस्थामा छन् । लक्षित वर्गसम्म सामाजिक सुरक्षा सेवा पुग्न सकेको छैन । बिसौ वर्षदेखि विभिन्न मजदुर संगठनहरुले माग उठाउँदै आएको भएपनि त्यो पूरा भएको छैन । श्रमिकको श्रमको उचित मूल्यांकन सरकारबाट हुन नसकेको भन्दै यसमा पहल गर्नुपर्ने उनको सुझाव छ ।

दिवसमा दीर्घरोगी श्रमिकलाई शान्ति समाजको सम्मान
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल रामनगरका एक जना दिर्घरोगी श्रमिकलाई सम्मान गरेको छ ।


नेपाल निर्माण श्रमिक संघका पुर्व केन्द्रीय अध्यक्षका जेवी गुरुङ, सभापति कृष्ण प्रसाद भट्टराई, उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डेले ब्लड प्रेसरबाट बिरामी परेका बुटवल रामनगरका ४६ वर्षीय होम बहादुर दर्लामी मगरलाई सम्मान गरेको हो ।

कार्यक्रममा सभापति कृष्ण प्रसाद भट्टराईले ससाना सहयोग जुटाएर सम्मान गर्ने गरी अघि बढ्दै आएको बताए । जीवनभर श्रम गर्ने वास्तविक श्रमिकसम्म सरकारको आखा पुग्न नसकेको उनले गुनासो गरे । सामाजिक सुरक्षा कोष सरकारबाट बनाईएको भएपनि त्यो सहि तरिकाबाट उपयोग नभएको नेपाल निर्माण श्रमिक संघका पुर्व केन्द्रीय अध्यक्षका जेवी गुरुङले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?