ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

रोटरी बैठकमा शान्ति सुरक्षाको चर्चा, डिएसपी भन्छन् : सबै संरचना प्रविधिमैत्री बनाऔं

१६ बैशाख २०८०, शनिबार
१६ बैशाख २०८०, शनिबार

बुटवल, १६ बैशाख ।

रोटरी क्लव अफ बुटवलको १४ सय ५९ औं बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।

बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बुटवलको शान्ति सुरक्षाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै अपराध नियन्त्रण र शान्ति अमनचयन कायम गर्न प्रहरीले सरोकारवालाहरुसँग मिलेर काम गर्न चाहेको बताए ।

बुटवलमा हलिे दर्ता रहेको ३० वटा मुद्दा मध्ये १२ वटा लागुऔषधका रहेको जानकारी दिंदै उनले रुपन्देही लागुऔषध कारोबारमा अग्रणी जिल्ला भएकाले यसको नियन्त्रणका लागि जनचेतना कार्यक्रम अपरिहार्य रहेको औंल्या । “लागुऔषधको कुलतमा फसकेकाहरुलाई पक्राउ गरेर थुनेर मात्र यो समस्या समाधान हुँदैन, यसका लागि सामाजिक स्तरबाटै सचेतनाको जरुरी छ, सरोकारवाहरुसँग प्रहरी मिलेर काम गर्न तयार छ”–उनले भने ।

डिएसपी थापाले चोरी र सवारी दुर्घटनाका घटना पनि यस क्षेत्रमा बढी हुने गरेको र पछिल्लो समय आम्तहत्याका घटना पनि बढिरहेको बताए । उनले प्रविधिमैत्री संरचना नबनेसम्म शान्ति सुरक्षाको पाटोमा पनि समस्या रहिरहने बताए । “ठाउँठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने हो र सबै क्षेत्र प्रविधिमैत्री हुने हो भने शान्ति सुरक्षा कायम राख्न सकिन्छ”–डिएसपी थापाले भने ।

प्रहरीसँग नागरिकको अपेक्षा बढी हुने तर प्रहरीको साधन स्रोतको कमीले गर्दा नागरिकले चाहे अनुसारको परिणाम प्राप्त हुन नसकेको पनि उनले बताए । उनले आफू प्रहरी सेवामा रहँदासम्म कुनै पनि आर्थिक प्रलोभनमा नफस्ने पनि जानकारी दिए । डिएसपी थापाले बुटवलको कालीकापथलाई रात्रीकालीन बजार बनाउनुपर्ने माग पर्यटन व्यवसायीहरुले उठाइरहेको तर कतिपय क्षेत्रबाट यसको विरोध हुने गरेको भन्दै यसका लागि छलफलबाट अगाडि बढ्ने पनि बताए ।

त्यस अवसरमा रोटरीयनहरु डा. मनोहर जोशी, थानेश्वर पौडेल, तारानाथ भट्टराई, मणिरत्न पाण्डे, पुरनप्रसाद श्रेष्ठ, लेखनाथ भुसाल, महेन्द्र श्रेष्ठलगायतले शान्ति सुरक्षामा केन्द्रित रहेर विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।

त्यस्तै रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुङ्गा क्षेत्रको धार्मिक र ऐतिहासिक महत्वको चर्चा गर्दा यसको संरक्षणका लागि यत्र आयोजना गरिएकाले सहभागी हुन रोटरीयनहरुलाई आह्वान गरे । बैठकमा रोटरीयनहरु दया भण्डारी, श्रीकृष्ण पोखरेल, विन्ध्याकेशर जोशीलगायतले पनि बोलेका थिए ।

सोही अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवा पदक प्राप्त डा. मनोहर जोशी र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा नियुक्त भएका प्रेसिडेन्ट आउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?