ट्रेंडिंग:

>> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ?

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

काठमाडौँ ।

घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने भएको छ। नेपाल र कुवेत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछन्। सोही समयमा यूएई र ओमान मुलपानी मैदानमा भिड्नेछन्। दुवै सेमिफाइनल खेल शनिबार हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारलाई ६८ रनले पराजित गरेको नेपाल समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो।

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा समेटिएको थियो।

समूह ए बाट नेपाल समूह विजेता र ओमान समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरे।

अपराजित रुपमा सेमिफाइनल पुगेको नेपालले चार खेलबाट सात अंक बनाएको छ। ओमानले तिन खेलमा जित र एक खेलमा हार भोग्दै ६ अंकमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

आजै भएको समूह बी को खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूह उपविजेताको रुपमा नेपालसँगको भेट पक्का गरेको हो। कुवेतसँग पराजित भएसँगै हङकङको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ।

कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन मात्र बनाउन सक्यो।

मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रनको योगफल तयार पारेको थियो।

समूह बी बाट यूएई समूह विजेता र कुवेत समूह उपविजेताको रुपमा अन्तिम ४ मा पुगेको हो।

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?