ट्रेंडिंग:

>> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

रुपन्देहीका एमाले उम्मेदवारहरुको खर्च सार्वजनिक, विष्णु पौडेलको २२ लाख र वासुदेवको २७ लाख

१२ बैशाख २०८०, मंगलवार
१२ बैशाख २०८०, मंगलवार

बुटवल, १२ वैशाख ।

रुपन्देहीबाट संघ र प्रदेशसभामा उम्मेदवार बनेका  एमालेका नेताहरुले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार कोटिहवामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको तर्फबाट एमाले रुपन्देहीले आफ्नो दलबाट उम्मेदवारहरुको खर्च विवरण सार्वजनिक गरेको हो । उम्मेदवारहरुले खर्च विवरण यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

सार्वजनिक गरिएको खर्च विवरण अनुसार गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले रु. २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेका छन् ।

पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा रु. २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा रु. ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा रु. ७१ हजार, गोष्ठी, अन्तत्र्रिmया कार्यकर्ता परिचालनमा रु. २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा रु. ३ लाख ८५ हजार र विविध रु. १० हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा रु. १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसै री एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेले रु. २७ लाख ८९ हजार ५ सय २० खर्च भएको विवरण बुझाएका छन् । घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले रु. २ लाख ६३ हजार ९ सय २०, २ (१) बाट उम्मेदवार लिला गिरीले रु. २ लाख ४८ हजार ७ सय ५०, २ (२) बाट उम्मेदवार भोज प्रसाद श्रेष्ठले रु. १३ लाख ८९ हजार ७ सय ४१ र ३ (२) बाट उम्मेदवार तुलसी प्रसाद चौधरीले रु. २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।

त्यसै गरी क्षेत्र नम्बर ४ (१) बाट उम्मेदवार सुनिल कुमार गिरीले रु. १ लाख १० हजार, ५ (१) बाट उम्मेदवार भुमिश्वर ढकालले रु. ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार भएका राम चन्द्र यादवले रु. ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।

एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारहरुको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बताए ।

निर्वाचन खर्च विवरण सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु शिवराज सुवेदी, एकराज विश्वकर्मा, रुपन्देही जिल्ला उपाध्यक्ष जगेश्वरदेवी चौधरी, उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, उपसचिव चित्र बहादुर कार्कीलगायत नेताहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?