ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

गण्डकीमा धारा १६८ (२) को सरकार गठन आह्वान

१२ बैशाख २०८०, मंगलवार
१२ बैशाख २०८०, मंगलवार

 पोखरा । 

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ३ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद ढकालले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि वैशाख १४ गते बिहीबार ४ बजेसम्मको समय दिएका छन्।

संविधानको धारा १६८ उपधारा २ अनुसार बन्ने सरकार भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनसहितको सरकार हो।

यसअघि बनेको र विश्वासको मत प्राप्त नगरेको एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार पनि यही उपधारा अनुसार गठन भएको थियो।

प्रदेश प्रमुखको आह्वानसँगै अब संसदमा बहुमत जुटाउन सक्ने दलको नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्।

गत वैशाख ९ गते गण्डकीमा मुख्यमन्त्री खगराजले ६० सदस्यीय संसदमा विश्वास मत गुमाएका थिए।

माओवादी केन्द्रले गएको चैत १० गते मुख्यमन्त्री नियुक्त भएका खगराजलाई दिएको समर्थन फिर्ता गरेसँगै संवैधानिक प्रावधान अनुसार उनले एक महिनाभित्र पुनः विश्वासको मत लिने प्रयास गरेका थिए।

तर, उनले विश्वासमो मत पाएनन्। उनको पक्षमा एमालेका २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदमात्र देखिए।

गण्डकीमा नेपाली कांग्रेससँग २७, एमालेसँग २२ ,माओवादी केन्द्रसँग सभामुखसहित ८,राप्रपासँग २ र नेकपा एकीकृत समाजवादीसँग १ सांसद छन्।

अब यहाँ कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग तय भएको छ। कांग्रेसले यसअघि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आफ्नो नेतृत्वमा सरकार निर्माण हुनुपर्ने अडान राख्दै आएको थियो।

त्यो बनेको संसदमा ठूलो दलका नेता मुख्यमन्त्री बन्ने अवस्था हो। तर, सो धारा अनुसार सरकार गठनको आह्वान गर्दा लुम्बिनीमा ठूलो दल रहेको एमालेका लीला गिरीले पुनः मुख्यमन्त्री दाबी गर्नसक्ने भन्दै सत्ता गठबन्धनले पुरानै धारा अर्थात् दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने बाटो राजेको हो।

कांग्रेसका एक सांसदका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पहिलो चरणमा गण्डकी सरकारको नेतृत्व कांग्रेसले लिने सहमति बनेसँगै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्।

मन्त्रालयको भागबण्डा टुंग्याएर अब छिट्टै सरकार गठनको दाबी पेश गर्ने तयारी थालिएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?