ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

शंकर पोखरेल भन्छन् – राजनीतिमा पैसावाला प्रवृत्ति हावी

७ बैशाख २०८०, बिहीबार
७ बैशाख २०८०, बिहीबार

बुटवल, ७ बैशाख ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न र बलिया तथा पुराना राजनीतिक दल निर्माण हुन नदिने गरी कमजोर बनाउने खेल भइहेको बताएका छन् ।

राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताउँदै उनले पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने अन्यथा राजनीति गलत बाटोमा जाने धारणा राखेका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार बुटवलमा सम्वोधन गर्दै पोखरेलले भने–‘चुनाव पैसा भएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझन जरूरी छ ।’

लुम्बिनीका संस्थापक मुख्यमन्त्री रहेका महासचिव पोखरेलले अब आउँदो निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने गरी अगाडि बढ्न उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

‘बहुमतको, सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’ महासचिव पोखरेलले भने, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ । पार्टीले उसको अभियान लाई नेतृत्व गर्नुपर्छ । बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने पोखरेलले दावी गरे ।

एमालेको योजना सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका हुने गरी योजना बनाउनुपर्ने पोखरेलको भनाइ छ । पार्टीको बिकल्प जनताले खोजेको विषयमा विश्लेषण खोज्दै अगाडि बढ्नुपर्ने पोखरेलले बताए ।

जनताको सरोकारका विषयमा विभिन्न जिम्मेवारीमा रहेकाहरुको ध्यान नगएको अहिलेको जनमतले देखाएको बताउँदै जनतासंगको सम्बन्ध टुट्न नदिनेगरी संयन्त्र बनाउन र त्यसलाई चुस्त राख्न सबै तहको नेतृत्वलाई आग्रह गरे । जनमत वृद्धिका लागि जनप्रतिनिधिलाई सफल बनाउनुपर्छ, चुनावका बेला मात्र पार्टी खोज्ने जनप्रतिनिधिलाई सहीं ढंगले परिचालन गर्न आवश्यक रहेको पोखरेलले बताए ।

‘जनताका विषयका हामीले मुद्दा बनाउन नसक्दा जसले समाजलाई भड्काउँछन् उनैका पछि लाग्न थाले, बलिया र पुराना शक्ति जनसरोकारका मुद्दा बोक्न सकेनौ भने कमजोर हुनेछौं । जनसरोकारका विषय पहिचान गरी पार्टीलाई परिचालन गर्न अब ढिलाई नगरौं’ उनले भने, ‘जनप्रतिनिधिलाई अलोकप्रिय बनाउने आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारणले हामीलाई कमजोर बनाएको हो । यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्छ ।’

पार्टी नीतिगत हिसाबले, राजनीतिक हिसाबले, सांगठनिक हिसावले एक रहेको बताउँदै सार्वजनिक रूपमा जनप्रतिनिधिको टिकाटिप्पणी गर्नु आवश्यक नरहेको पोखरेलको भनाइ छ । मिसन, उद्देश्यप्रति समर्पित हुनै पर्छ । पार्टीका पक्ष, नीति पक्षमा केन्द्रित हुनुपर्नेछ– महासचिव पोखरेलको भनाइ छ ।

अहिलेको अभियानले सबै तहमा नेतृत्व र जनताबीचको दुरी कम गरेको र सबै क्षेत्रमा पार्टीका जिम्मेवारीलाई ऊर्जा थपेको उनको भनाइ छ ।

दुई दिने समीक्षा बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, डा. राजन भट्टराई तथा लुम्बिनी प्रदेशबाट केन्द्र, प्रदेशको विभिन्न जिम्मेवारीमा रहेका नेताहरु तथा १२ जिल्लाका अध्यक्षहरु सहभागी रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?