ट्रेंडिंग:

>> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

ढाकाकुमारलाई सांसद र पार्टी सदस्यबाट हटाउने रास्वपाको तयारी

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने भएको छ।

बुधबार बिहान ९ बजे चितवनमा बस्ने केन्द्रीय समितिको जुम बैठकले उनलाई संसदबाट समेत हटाउन संसद सचिवालयमा पत्र पठाउने तयारी गरिरहेको सभापति रवि लामिछाने निकट नेताले बताए।

‘ढाकाजीलाई पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी छ। संसदबाट पनि निलम्बन गर्नका लागि संसद सचिवालयमा भोलि पत्राचार हुन्छ,’ सभापति रवि लामिछाने निकट ती नेताले भने, ‘ढाकाको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापतिजी निकै आक्रोशित हुनुभएको छ।’ भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

बैशाख १० गतेको उपचुनावको लागि रवि चितवन २ नम्बर क्षेत्रमा खटिएका छन्। अन्य नेताहरू बारा र तनहुँमा खटिएका छन्। ‘ केन्द्रीय समितिको बैठक जुममा बस्ने तयारी छ,’ महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले भने, ‘काठमाडौं, बारा, तनहुँ र चितवनबाट नेताहरु जोडिनुहुन्छ।’

श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिलाई ७२ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। तर, समितिले ५० घण्टाभित्र मंगलबार नै प्रतिवेदन सभापति लामिछाने, महामन्त्रीलाई बुझाइसकेको छ।

सोही प्रतिवेदनका आधारमा श्रेष्ठमाथिको कारवाही हुन लागेको हो। रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्।

श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको छ। त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए।

मंगलबार भौतिक रुपमा अनुसन्धान समिति समक्ष उपस्थित भएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान दोहोर्याएका छन्। उनले बयानका क्रममा अधिकांश समय रास्वपा गठनमा आफ्नो योगदान सम्झन आग्रह गरेका थिए।

समितिका एकजना सदस्यले भने, ‘ढाकाजीले ४५ मिनेटजति रास्वपा बनाउन गरेको मिहेनेतको व्याख्या गर्नुभयो, पछि बल्ल अडिओ आफ्नो नभएको दाबी गर्नुभयो।’ अनुसन्धान समितिले विभिन्न प्रमाण संकलन गरेको छ। अडिओबारे बाहिर आएका समाचार, ढाकाको विगत लगायतका पाटाहरु पनि प्रतिवेदनमा समावेश गरेर सभापतिलाई बुझाइदिएको छ।

‘अनुसन्धान समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाईसकेको छ, डा. देवकोटाले भने, ‘ बिहान ९ बजे रास्वपाको केन्द्रीय समिति बैठक छ, त्यसैले थप कारवाहीबारे निर्णय गर्छ।’ उनले ढाकाको लिखित स्पष्टीकरण र बयानपनि लेखेर पठाइएको बताए।

‘उहाँले जे भन्नुभयो, त्यही लेखेर पठाइदिएका छौँ,’ देवकोटाले थपे। मंगलबार चुनावी प्रचारकाक्रममा सभापति रविले चितवनको कालिकामा ‘रुपैयाँ माग्नेहरू बोरामा कुहिएका केही आलु’ भन्दै कटाक्ष गरेका थिए। उक्त अडिओ तीन महिना पहिलेको भए पनि अहिले चुनावको मुखमा सार्वजनिक गरिएको रविले दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?