ट्रेंडिंग:

>> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ

संघको १९ औं जिल्ला शाखा सभा

२५ चैत्र २०७९, शनिबार
२५ चैत्र २०७९, शनिबार

कपिलवस्तु(बुटवल टुडे) २४ चैत– नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाको १९ औं शाखा सभा तौलिहवामा सम्पन्न भएको छ । २०५३ मा स्थापित शाखाको शाखा सभामा शाखा सचिव मनोज कुमार श्रीवास्तवले बार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । प्रगती प्रतिवेदन प्रस्तुतीका क्रममा बिरामीलाई छिटो छरितो सेवा प्रवाह तथा बिरामीको आखाँ जाँचका लागि आधुनिक मेसिनको व्यवस्था भएको उनले जानकारी दिए । त्यसै गरि बर्तमान कार्य समितीको कार्यकालमा बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याईएको बताए । अस्पताल तर्फ ओपीडी जाँच र मोतियाबिन्दुको अप्रेशनमा बृद्धि भएको जनाईएको थियो । आगामी दिनमा नाक, कान, घाटीको सेवा पनि सञ्चालन गर्ने, फेको प्रबिधी सेवा बिस्तार गर्ने र आँखा उपचार केन्द्रहरु बिस्तार गर्ने योजना रहेको सचिव श्रीवास्तवले प्रष्ट्याए । सो अवसरमा संघका सहकोषाध्यक्ष जनार्दन पराजुलीले गत आर्थिक बर्ष २०७८/७९ को ३० लाख ८५ हजार ३५ रुपैया बराबरको आय व्यय र चालु आवको १५ लाख ५६ हजार बराबरको अनुमानित आय व्यय बिवरण पेश गरे ।

कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले संघको बृहत्तर बिकासका लागी सहयोग गर्न आफुहरु तत्पर रहेको बताए । २०५३ सालमा रेडक्रसको एउटा कोठामा सञ्चालित संघ संघका अगुवा र दाताको सहयोगमा पुर्वाधारयुक्त बन्दै गएको र थप सुबिधा सम्पन्न बनाउन सबै लाग्नु पर्नेमा उनले जोड दिए । संघको् कपिलवस्तु शाखाका् आखाँ उपचार केन्द्रले आखाँ अस्पतालको स्विकृती पाएकोले अब थप पुर्वाधार, जनशक्ति र प्रबिधी सम्पन्न बनाएर अघि बढ्ने अवस्था आएको संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष सागर प्रताप राणाले सुझाव दिए । संघले युनिटबाट शुरु गरेको आँखा उपचार सेवा अस्पताल सम्म आई पुगेको र यसलाई थप प्रबिधी सम्पन्न बनाउनु अहिलेको आवश्यकता भएको पुर्व शाखा अध्यक्ष गोपाल बहादुर सिंहले बताए । लुम्बिनी बिश्व बिद्यालयका प्राध्यापक गुणाखर गैह्रे, कपिलवस्तु बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद अर्याल, पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य लगायतले संघलाई थप पुर्वाधार र प्रबिधीयुक्र बनाउन सहकार्यका साथ अगाडी बढ्नु पर्नेमा जोड् दिए । अझै पनि पुर्वाधार पुरा हुन नपाए पनि अस्पतालले कोभिडका बेला समेत निरन्तर सेवा दिएको शाखा अध्यक्ष रमेश शर्माले स्मरण गराए । शाखाको अस्पताल बिस्तारका लागी जग्गाको व्यवस्थापन भई भवनका लागी आवश्यक पहल हुदै आएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?