ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

कृषि पर्यटनको संभावना बोक्दै शितगंगामा ८ करोडको जंगल रिसोर्ट (फोटो फिचरसहित)

१९ चैत्र २०७९, आइतबार
१९ चैत्र २०७९, आइतबार

बुटवल,१९ चैत ।

साहसिक मनोरन्जनात्मक खेल र कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अर्घाखांचीको शितगंगा नगरपालिकाको कुंडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ । २ जना कर्मचारी, १५ रोपनी जग्गा र ८० लाख लगानीबाट ३ बर्ष अघि सुरु भएको रिसोर्ट हाल सय रोपनी जग्गामा फैलिएर व्यवसायिकरुपमा सञ्चालनमा आएको हो । तराई र पहाडको संगम स्थल अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटेदेखि २ किलोमिटर माथि कुडुले भन्ने स्थानमा शान्त रमणीय स्थलमा आनन्दमय तरिकाले घुमघाम गर्नुका साथै विभिन्न अर्गानिक खानाका पारखीहरुलाई आफ्नै फार्ममा उत्पादित स्थानीय परिकारको स्वाद पस्कने लक्ष्य रहेको सञ्चालक नारायण भुसालले बताए ।

‘मुलुकको आर्थिक विकासको एक मात्र उपयुक्त माध्यम नै पर्यटन ब्यवसाय भएकाले कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने गरी रिर्सोटमा निकट भविष्यमा स्वीमिङ पुल फ्रिसिङ हाउस तथा बिभिन्न साहसिक खेलहरु थप गरी आनन्दमय तथा मनोरञ्जन स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएका छौ’–भुसालले भने–‘समूहगत रुपमा आउने अतिथिहरुका लागि प्रतिब्यक्ति प्रतिदिन दुई हजारदेखि ८ हजारसम्म ५ प्रकारका आकर्षक प्याकेजहरुको समेत ब्यवस्था छ ।’

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टमा जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे र नेपालमै पहिलोपटक स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड ), घोडचढी,
१० वटा वाताकुलित आवासीय कोठा र बाल उद्यान पनि रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए । आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरा पालन पनि गरेको रिसोर्टले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज संचालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा बिभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य लिएको छ ।

कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपंक्ष्ीा प्रा.लि.ले बजारीकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रकाश अर्यालले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?